काठमाडौं । नेप्से परिसूचक कारोबारको पहिलो दिन २५.७१ अंकले वृद्धि भएको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २६५७.६१ विन्दुमा रोकिएको छ । आज भएको कारोबार अहिलेसम्म कै उच्च विन्दु हो । यो भन्दा अघि गत फागुन ९ गते नेप्से परिसूचकले २ हजार ६४० दशमलव ३४ विन्दुमा कायम गरेको थियो ।
आज १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ताको कारोबारमा ९ अर्ब ६८ लाख ५८ लाख ५५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज भएको कारोबारमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रकचर बैंकको ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी अपर तामाकोशीको शेयर कारोबार २८ करोड मूल्य बराबरको कारोबार भएको छ ।
यसैगरी नेपाल पुर्नबीमा कम्पनीको शेयर कारोबार २६ करोड रुपैयाँको भएको छ । आज वोमी माइक्रोफाइनान्सलगायत पाँच वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको थियो ।आज व्यापार समूूह, होटल तथा टुरिजम, म्यूचल फण्ड तथा इन्भेष्टमेण्ट समूह बाहेक सबै उप समूह हरियो देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार
सेयर बजारले नाघ्यो २७ सय विन्दु