काठमाडौं । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले नेता घनश्याम भुसाललाई ६ महिनाको लागि पार्टीबाट निलम्वन गरेका छन् । नेकपा एमालेबाट ६ महिनाका लागि निलम्वित भएपछि नेता घनश्याम भुसालले एमालेको अध्यक्ष भएर केपी ओलीले बर्बादी गरेको भन्दै त्यसका लागि आफूले नै दुनियासँग माफी मागेका छन् ।
आफूमाथिको कारबाहीपछि प्रतिक्रिया दिदै भुसालले ओलीले लोकतन्त्रको हुर्मत लिएको र त्यो अपूरणीय रहेको बताए । उनले भने, ‘हामी उनका ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’
भुषालले ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गर्ने उद्घोष गरेका छन् । भुसालले ओलीमा असिमित सत्ताभोगको अतृप्त तृष्णाले मेरो बाहेक केही नदेख्ने बनाएको र आफू बस्न नपाउने कुर्सी भाँचिदिने जीवन दर्शन रहेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?