काठमाडौं । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले नेता घनश्याम भुसाललाई ६ महिनाको लागि पार्टीबाट निलम्वन गरेका छन् । नेकपा एमालेबाट ६ महिनाका लागि निलम्वित भएपछि नेता घनश्याम भुसालले एमालेको अध्यक्ष भएर केपी ओलीले बर्बादी गरेको भन्दै त्यसका लागि आफूले नै दुनियासँग माफी मागेका छन् ।
आफूमाथिको कारबाहीपछि प्रतिक्रिया दिदै भुसालले ओलीले लोकतन्त्रको हुर्मत लिएको र त्यो अपूरणीय रहेको बताए । उनले भने, ‘हामी उनका ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’
भुषालले ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गर्ने उद्घोष गरेका छन् । भुसालले ओलीमा असिमित सत्ताभोगको अतृप्त तृष्णाले मेरो बाहेक केही नदेख्ने बनाएको र आफू बस्न नपाउने कुर्सी भाँचिदिने जीवन दर्शन रहेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल