काठमाडौं । वैकल्पिक सरकार निर्माणको प्रयासस्वरुप दलहरुले छलफललाई तीव्र बनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली सरकारको विकल्प छाडिनुपर्नेमा जोड दिँदै आएका छन् ।
यसैक्रममा बिहीबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भेट गरेका छन् । करिब एक घण्टा भएको छलफलमा नयाँ सरकार गठनबारे छलफल भएको बताइएको छ । भेटमा उनीहरुले ओली सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन आग्रह गरेको बताइएको छ ।
देउवाले पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने जवाफ दिएको बूढानीलकण्ठ स्रोतले बतायो । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवालाई भेटेका थिए । सोही दिन प्रचण्डले भट्टराईसँग पनि छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'