काठमाडौं । वैकल्पिक सरकार निर्माणको प्रयासस्वरुप दलहरुले छलफललाई तीव्र बनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली सरकारको विकल्प छाडिनुपर्नेमा जोड दिँदै आएका छन् ।
यसैक्रममा बिहीबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भेट गरेका छन् । करिब एक घण्टा भएको छलफलमा नयाँ सरकार गठनबारे छलफल भएको बताइएको छ । भेटमा उनीहरुले ओली सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन आग्रह गरेको बताइएको छ ।
देउवाले पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने जवाफ दिएको बूढानीलकण्ठ स्रोतले बतायो । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवालाई भेटेका थिए । सोही दिन प्रचण्डले भट्टराईसँग पनि छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव
‘जेन–जी सहिद दिवस’ भदौ २३ गते मनाइने
प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा हेरफेरको दौडधुप
राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि जारी गरिएको वक्तव्यमै गम्भीर त्रुटी