कोरोना संक्रमण दर ५ प्रतिशत नाघ्यो

पत्रपत्रिकाबाट

बुधबार, १८ चैत्र २०७७, ०७ : ४४
कोरोना संक्रमण दर ५ प्रतिशत नाघ्यो

काठमाडौं । मुलुकमा केही सातायता कोभिड–१९ को संक्रमण दरमा दिनहुँ उल्लेख्य वृद्घि भइरहेको छ । भारतमा कोभिड संक्रमण व्यापक भएको केही साताभित्रै नेपालमा समेत संक्रमण दर माथि उक्लिन थालेको हो।

दिनहुँ संक्रमण दर मंगलबार ५ प्रतिशत नाघेको छ । ‘कोभिड संक्रमण बढ्ने क्रममा छ, मंगलबार संक्रमण दर ५ प्रतिशत नाघिसक्यो,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘हाम्रो स्वास्थ्य संरचना अब तयारी अवस्थामा रहनुपर्छ ।’ संक्रमण बढे पनि अस्पतालहरूमा बुझ्दा त्यस्तो आतंकित हुनुपर्ने स्थिति नरहेको उनले बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस