शिक्षा मन्त्रालयको निर्णय यी स्थानीय तहले माननेनन्

पत्रपत्रिकाबाट

मंगलबार, १७ चैत्र २०७७, ०७ : २५
शिक्षा मन्त्रालयको निर्णय यी स्थानीय तहले माननेनन्

शिक्षा मन्त्रालयले देशभर फैलिएको तुँवालोको कारण स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेपनि केही स्थानीय तहले त्यसलाई अस्वीकार गरेका छन् । 

मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । तर विभिन्न स्थानीय तहले भने निर्णय नमान्ने सूचना निकालेका हुन् । 

तनहुँको भीमाद नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने जनाएको छ । यस्तै इलामको रोङ गाउँपालिका, इलाम नगरपालिका र विराटनगर महानगरपालिकाले पनि विद्यालय खुला राख्ने सूचना निकालेका छन् ।

आफूहरुको स्थानीय तहमा हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न खोजिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस