शिक्षा मन्त्रालयले देशभर फैलिएको तुँवालोको कारण स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेपनि केही स्थानीय तहले त्यसलाई अस्वीकार गरेका छन् ।
मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । तर विभिन्न स्थानीय तहले भने निर्णय नमान्ने सूचना निकालेका हुन् ।
तनहुँको भीमाद नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने जनाएको छ । यस्तै इलामको रोङ गाउँपालिका, इलाम नगरपालिका र विराटनगर महानगरपालिकाले पनि विद्यालय खुला राख्ने सूचना निकालेका छन् ।
आफूहरुको स्थानीय तहमा हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न खोजिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १७ चैत्र २०७७, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग
केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय