काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई औद्योगिकरण गर्न स्वदेशी सामग्री उपभोग गर्नुपर्ने बताउनुभएको छ । उद्योग सङ्घठन मोरङका नव निर्वाचित कार्य समितिका पदाधिकारीको पदस्थापना समारोह तथा ‘मेरो देश मेरो उत्पादन’ अभियानकोे आज अपरान्ह भर्चुअलद्वारा शुभारम्भ गर्दै उहाँले वर्तमान राष्ट्रिय आकाँक्षा पूरा गर्न सरकार उद्यमी एवं सहकारीसँग सहयात्री भई कार्य गरिरहेको र यसबाट मुलुक अगाडि बढिरहको धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले अभियानभित्र सरकारको दृष्टिकोण समेटिएकोले यसले समग्र मुलुकको आर्थिक विकास गर्नुका साथै औद्योगिक क्षेत्र स्थापना, रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धि र उपभोग्यवस्तुमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो उत्पादनको प्रयोगको अभ्यास देशबासीमा अभिवृद्धि गर्ने कुरा, उपभोग्यभन्दा वढी उत्पादन गर्ने, विदेश निर्यात गर्नुपर्ने कार्यमा अभियानले बल पु¥याउने विचार व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले लामो समयपछि मुलुकमा औद्योगिक बातावरणको अवस्थामा राम्रो रहेको छ भन्नुभयो ।
उहाँले हामीले स्वदेशीे कच्चा पदार्थ, स्वदेशी श्रम, निक्षेप, तथा आवश्यक भए विदेशी कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गरी तयारी वस्तुको निर्यात गर्नु पर्नेमाजोड दिँदै रोजगारी सिर्जना, नागरिक आम्दानी वृद्धि उत्पादनको माध्यमवाट अन्तरराष्टिय क्षेत्रमा व्यापार बढाउने, व्यापार घाटा न्यून गरी सकारात्मक दिशामा पु¥याउन उद्यमीहरु लाग्नुपर्ने बताउनुभयो ।
उहाँले स्वदेशी उत्पादन अभिवृद्धि, उपभोग्य आफ्नै उत्पादन, व्यापार सन्तुलन गर्ने, आयात व्यापार कम गर्न, अनावश्यक वस्तुको आयात त्याग गर्नु पर्नेलगायत दिशामा जान सबै नागरिकले सङ्कल्प लिनु पर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको तर्फवाट गर्नुपर्ने कार्य कारण विगत तीन वर्षको अवधिमा मुलुकको व्यापार घाटा कम भइ सन्तुलनतर्फ वढेको चर्चा गर्दै निर्यात वृद्धि भई आयात घटको छ भन्नुभयो ।
उहाँले सरकारको औद्योगिक मैत्री नीतिका कारण उद्योग मैत्री वातावरण निर्माण भएको चर्चा गर्दै, श्रमिक उद्योमी, सरकार यी तीन वीचको सम्वन्धमा व्यवस्थित सुधार आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ चैत्र २०७७, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस
बयानमा ओलीलाई सोधिने प्रश्न तयार, जाँचबुझ आयोगले यस्तो प्रश्न सोध्दैछ ओलीलाई
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली