काठमाडौं । केपी ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेताहरु पनि सहभागी भएका छन् । माधव पक्षका नेता तथा सांसदहरु झलनाथ खनालको नेतृत्वमा संसदीय दलको बैठकमा पुगेका हुन् ।
अध्यक्ष तथा संसदीय दलका नेता ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा माधव पक्षका भनिएका लगभग सबै नेताहरु सहभागी भएका बालुवाटर स्रोतले जनाएको छ । केहीबेर अघिमात्रै सुरु भएको संसदीय दलको बैठकमा झलनाथ खनाल पुगिसकेर आफ्ना कुरा राखेका छन् । बामदेव गौतम पनि बालुवाटार पुगेका छन् । माधव नेपाल र भीम रावल बैठकमा पुगेका छैनन् ।
ओली पक्षका सांसद महेश बस्नेतका अनुसार बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराएका छन् ।
त्यस्तै ओलीले संसदीय समितिहरूको संख्या र सभापतिबारे पनि पार्टीको हैसियत अनुसार हेरफेर गर्ने जनाकारी दिएका छन् । यसअघि एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसदीय समितिहरुमा एमाले र माओवादीका नेताहरुलाई भागबण्डाका आधारमा जिम्मेवारी दिइएको थियो । नेकपाले मान्यता नपाएसँगै माओवादीलाई दिएका समिति सभापतिहरू हेरफेर हुनसक्ने दलका नेता ओलीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०७७, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली