काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको नेता प्रतिनिधि सभाका सांसदले मात्रै निर्वाचित गर्ने गरी संसदीय दलको विधान संशोधन गरिएको छ । यसअघि राष्ट्रिय सभाका सांसदले समेत दलको नेता निर्वाचित गर्ने व्यवस्था थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले संसदीय बोर्डमा २७ सदस्य रहने व्यवस्थालाई संशोधन गरी २९ सदस्यीय बनाउने र एकतिहाई महिला सदस्य अनिवार्य गरेको छ । मुख्य सचेतक विशाल भट्टराईका अनुसार बैठकले नेकपा एमालेको विधान २०७२ मा आवश्यक र समायनुकूल परिमार्जन गरी सङ्घीय संसदीय दलको विधान २०७७ पारित गरेको छ ।
दलको विधान संशोधनका लागि मुख्य सचेतक भट्टराईको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य डा. विमला पौडेल राई रहेको विधान संशोधन कमिटी गठन गरिएको थियो । मुख्य सचेतक भट्टराईका अनुसार बैठकमा १० जना सदस्यले मन्तव्य राखेका थिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ चैत्र २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग