काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको नेता प्रतिनिधि सभाका सांसदले मात्रै निर्वाचित गर्ने गरी संसदीय दलको विधान संशोधन गरिएको छ । यसअघि राष्ट्रिय सभाका सांसदले समेत दलको नेता निर्वाचित गर्ने व्यवस्था थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले संसदीय बोर्डमा २७ सदस्य रहने व्यवस्थालाई संशोधन गरी २९ सदस्यीय बनाउने र एकतिहाई महिला सदस्य अनिवार्य गरेको छ । मुख्य सचेतक विशाल भट्टराईका अनुसार बैठकले नेकपा एमालेको विधान २०७२ मा आवश्यक र समायनुकूल परिमार्जन गरी सङ्घीय संसदीय दलको विधान २०७७ पारित गरेको छ ।
दलको विधान संशोधनका लागि मुख्य सचेतक भट्टराईको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य डा. विमला पौडेल राई रहेको विधान संशोधन कमिटी गठन गरिएको थियो । मुख्य सचेतक भट्टराईका अनुसार बैठकमा १० जना सदस्यले मन्तव्य राखेका थिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ चैत्र २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी