‘निकुञ्ज भित्र ज्यान जोखिममा राखि घाँसदाउरा गर्न बाध्य’

प्रकाश सिग्देल

शनिबार, ०७ चैत्र २०७७, १२ : २८
‘निकुञ्ज भित्र ज्यान जोखिममा राखि घाँसदाउरा गर्न बाध्य’

चितवन । पश्चिम चितवनको राप्ती नदी र निकुन्जसंग जोडिएका नदी क्षेत्रका बासिन्दाहरु ज्यान नै जोखिममा राखेर निकुन्जमा घाँस दाउरा गर्न बाध्य छन् । आर्थीक रुपमा विपन्न भएकै कारण विभिन्न चुनौतीको सामना गर्दै दैनिक निकुन्जमा पुगेर घाँस दाउरा गरेर परिवार पाल्नु पर्ने बाध्यता उनीहरुमा रहेको छ । 

पहिटानी जगतपुर क्षेत्रका स्थानियहरु हरेक दिन राप्ती नदी तरेर निकुन्जमा पुगेर घाँस दाउरा गरेर घर फकर्नु पर्ने गर्छन् । राप्ती नदीको पानीमा होमिदै आधा भन्दा बढि शरिर पानीमा डुबाएर निकुन्जमा जंगली जनावरको जोखिमलाई छिचोल्दै दैनिक घाँसदाउरा गरेर घर परिवार पाल्नु पर्नेे बाध्यतामा रहेको स्थानिय ६१ बषिय बृद्ध चन्द्र देबी कार्कीले बताए ।

राप्ती नदीमा गोहीको आक्रमणमा पर्ने सम्भावना उतिनै हुन्छ भने आधा भन्दा बढि शरिर डुवाएर भारी बोकेर नदी तर्दा लडेर डुबिने सम्भावना पनि उत्तिकै रहेपनि बाध्य भएका यो गर्नुको विकल्प नरहेका स्थानिय निरु कार्कीको भनाई छ ।नदी तर्दा घाँटी भन्दा तलको भाग पुरै पानीमा डुब्ने र खुट्टामा ठेस लागेर लडे नदिले बगाउने हुदा निकै जोखिम रहेको उनले बताईन् । त्यस्तै निकुन्जमा बाघ, भालु, गैडा, सर्प लगाएतका जंगली जनावरको आक्रमणको जोखिम पनि अत्याधिक हुने गरेको उनीहरु बताउछन् । दाँउरा, घास र खर खडाईका लागी आफुहरु निकुन्ज जाने गरेको स्थानिय अमृता बोटले बताईन् । 

जंगल छेउमा बसेपछि बस्तु भाउ नभई खान नपुग्ने बस्तु भाउ पालेपछि घाँस दाउरा चाहिने हुदा आफुहरु जंगल जानु पर्ने बाध्यतामा रहेको बोटेको भनाई छ । हरेक दिन बिहान पटिहानी को छितामाई क्षेत्रबाट १५ देखी २० जनाको समुह बिहानै लस्कर लागेर नदी तरेर जंगल जाने गर्छन् भने अन्य बिभिन्न घाटबाट मानिसहरु लस्कर लागेर नदि तरेर निकुन्ज छिर्ने गरेका छन् । जंगलमा धेरै पटक गैंडा, बाघ भालुले लखेटेर घाँस दाउरा र आसी नाम्लो समेत छाडेर भाग्नु परेको निरु कार्कीको भनाई छ ।

कहिले काही त निकुन्ज सुरक्षार्थ खटिएका सेनाले समेत किन निकुन्ज छिरेको भनेर आसी नाम्लोनै खोसेर लाने, मान्छे समाएर लाने सम्मको काम गर्ने हुदा आफुहरु त्रासै त्रासमा घाँस दाउराका लागी जंगल जानु परेको स्थानियहरु बताउछन् । स्थानियले दाउरा तथा खर खडाई संकलन गरि बिक्री गरी केही आर्थीक जोहो समेत गरेका छन् । यता निकुन्ज प्रशासनले भने अनुमति बिना जंगलमा घाँस दाउराका लागी प्रवेश नपाईने बताएको छ । बिशेष बेला पुर्जी दिएर निश्चित क्षेत्रमा प्रवेश दिने तर अरु बेला प्रवेश निशेध गरिएको निकुन्जका अधिकारीहरुको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस