दुई उपरथी र पाँच जना प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

सफल खबर संवाददाता

आइतबार, १६ कार्तिक २०८२, १४ : १३
दुई उपरथी र पाँच जना प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

जंगी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर विष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथी, अधिकृतहरूका साथै पदोन्नति भएका रथी तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस