अर्घाखाँची । अर्घाखाँचीको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीले जानकारी दिए ।
सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खर्ज्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु