अर्घाखाँची । अर्घाखाँचीको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीले जानकारी दिए ।
सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खर्ज्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु