संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुर्नविचार गर्नुपर्छ: पम्फा भुसाल

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १७ : ०१
संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुर्नविचार गर्नुपर्छ:  पम्फा भुसाल

file-photo

काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)कि सांसद पम्फा भुसालले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुर्नविचार गर्नुपर्ने बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भुसालले सरकारले संसद नभएको बेलामा असंवैधानिक किसिमले अध्यादेश ल्याएर संवैधानिक निकायमा पदाधिकारीकारी नियुक्ति गरिएको भन्दै सो नियुक्तिलाई पुर्नविचार गर्नुपर्ने बताएकी हुन्  ।

संसदीय सुनुवाइलाई छलेर प्राविधिक रुपमा तिथिमिति मिलाएर नियुक्ति गरिएकाले संवैधानिक नियुक्तिलाई संविधान सम्वत् बनाउनैपर्ने उनको भनाई छ । उनले भनिन् ,‘पार्टीको स्थायी समितीमा लेखेको मसी नसुक्दै झुठ तरिकाले त्यही अध्यादेश अनुसार संवैधानिक परिषद्हरुमा असंवैधानिक तरीकाले नियुक्त गरेको कुरा पनि बाहिर आयो । र अहिले पनि संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ ।

अब यो संसद पुर्नस्थापना भएको छ । हामी एउटा ढंगले त्यसको पुर्नविचार गर्नैपर्छ । हामीले त्यसलाई संविधान सम्वत् बनाउनै पर्छ । संसदको सुनुवाइ गर्ने परम्परालाई छलेर केवल टेक्नीकल तिथिमिति गरेर, ढाँटेर, जुन ढंगले गरिएको छ । त्यो पनि म यहाँ स्मरण गराउन चाहान्छु ।’

सांसद भुसालले वर्तमान राजनीतिक प्रणाली अनुसार निर्वाचनमा कसैको पनि दुईतिहाइ आउने सम्भावना नरहेको भएपनि प्रधानमन्त्री ओलीले दुईतिहाई ल्याउने धाक दिएर आफ्नो लाज छोपेको बताईन् । प्रतिनिधि सभाको हालको बनावट अनुसार राजनीतिक दललाई बहुमत ल्याउन पनि गाह्रोपर्ने उनको भनाई छ ।

उनले भनिन् ,  ‘हाम्रो देशले हाम्रो संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीले तपाईले सोच्नुभएको छ, तपाइले जनतालाई भ्रम दिनुभाछ कि ढाट्नु भाछ कि आफै भ्रममा हुनुहुन्छ र मुर्खता गर्नुभाछ ? हाम्रो जस्तो निर्वाचन प्रणाली जहाँ ६० प्रतिशत प्रत्यक्ष छ । ४० प्रतिशत समानुपातिक छ । जहाँ समाजका सबै जाति, वर्ग, लिङ्ग, समुदाय आउनुभाछ । संविधानले व्यवस्था गरे अनुरुप हाउसको जुन बनावट छ । यस्तो निर्वाचन प्रणालीमा बहुमत पनि यदाकदा आउँदैन । दुईतिहाइको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुस् । मेरो अपिल छ ।’

सांसद भुसालले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने पनि बताईन् । सरकारले संसद सञ्चालनको लागि एजेण्डा नदिएको भएपनि प्रधानमन्त्री ओलीले सडकबाट संसद सञ्चालनको सम्बन्धमा सभामुखलाई गालि गर्दै हिडेको उनको भनाई छ । देशको वर्तमान राजनीतिक समस्याहरुको राजनीतिक दलहरु र संसदबाटै हल खोज्नुपर्नेमा उनकोे जोड छ । 

प्रतिक्रिया दिनुहोस