काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको अवस्थालाई केपी ओली प्रवृत्तिको लडाइँ भएको बताएका छन् ।
दुई दिनदेखि जारी भेलाको अन्तिममा कार्यकर्ताले उठाएका सवालको जवाफ दिँदै नेता नेपालले ओलीलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । एमालेको नाममा गुटको भेला गर्नेलाई कानूनअनुसार कारबाही गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति नेपालले भने, ‘कारबाही गरे हुन्छ, खेप्न तयार छौँ ।’
‘जनप्रतिनिधिबाट कारबाही शुरू गर्न सक्छन् । माथिबाटै शुरू गर्न सक्छन् पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौं’ नेपालले भने, ‘उनको लिस्टबाट हाम्रो नामहरू हट्ला । तर, कम्युनिष्ट आन्दोलनबाट हटाउने शक्ति पनि छैन सम्भव पनि छैन । मैदान छाडेर हामी भाग्नेवाला छैनौं । पार्टी बनाएर आएका छौं । आन्दोलन उठाएर आएका छौं । फेरि पार्टी बनाउँछौं । आन्दोलन उठाएर लान्छौं । केपी ओलीलाई धुलो चटाउँछौ ।’
नेपालले भने, ‘यो नेतानेताको ‘दन्त बजान’ होइन भने। यो केपी प्रवृत्तिविरुद्धको लडाइँ हो । स्थायी कमिटी र पोलिटब्यूरोमा हामी बलियो छौं । केन्द्रीय कमिटीमा हाम्रो ८७, केपीका ८० छन् । पुरानो कम्युनिष्ट आन्दोलनका योद्धाहरू पनि हामीसँगै हुनुहुन्छ । इमानदार नेताहरूको साथ हामीले पाएका छौं ।’
एकताअघिकै अवस्थामा एमाले फर्किनुपर्ने आफूहरूको बटमलाइन भएको भन्दै नेपालले त्यसमा कुनै हालतमा नझुक्ने दाबी गरे । उनले भने, ‘नेताहरू झुक्नुहुन्छु कि’ भनेर नसोच्न कार्यकर्तालाई विश्वस्त पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले आज पत्रकारसँग सवालजवाफ गर्ने
ओलीको बठ्याँई : नेतृत्व हस्तान्तरणको मुद्दा पन्छाउन महाधिवेशनको मिति प्रस्ताव
म बिग्रिएको भए पो सप्रिनू: केपी ओली
एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली
आफ्नो कुनै गल्ती नै नभएको ओलीको दावी : मसँग सरकार मात्र भयो, राज्य सत्ता भएन
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली