काठमाडौं । बालुवाटारमा ओलीले बोलाएको संसदीय दलको बैठकमा हिडेका नेकपा एमालेको माधव–झलनाथ पक्षका सांसदहरु फर्किएका छन् । नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केही सांसद प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागिताका लागि हिँडेको भए पनि सिंहदरबारबाटै फर्किएका हुन् ।
ललितपुरको हेरिटेज पार्टी प्यालेसबाट स्थायी कमिटीका सदस्यबाहेकका सांसदहरु बालुवाटार जाने भनी हिँडेको भए पनि सिंहदरबारबाट फर्किएको सांसद गणेश पहाडीले जानकारी दिए ।
उनका अनुसार अब नेपाल समूहका कोही पनि सांसद बालुवाटारको बैठकमा सहभागी हुने छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको बैठक जारी
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै
एमाले संसदीय दलको बैठक जारी
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय