काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई नै कारवाही गर्ने तयारी गरेको छ । राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर पार्टी विरुद्ध तमासा देखाएको र अनुशासन उल्लंघन गरेको आरोपमा ओलीले ब्यक्ती विशेषमै रहेर त्यसको नेतृत्वकर्ताका रुपमा माधव नेपाललाई नै कारवाही गर्ने तयारी गरेको छ । ओलीले त्यसको संकेत दिईसकेका छन् ।
आफु कुनै पनि गुटसँग अब डिल नगर्ने र गुटलाई आफुले नचिन्ने र ब्यक्ति विशेषका आधारमा अनुशासन हिन काम गर्नेलाई कारवाही गर्ने ओलीले एक सार्वजनिक अन्र्तवार्तामा बताईसकेका छन् । पार्टी संसदीय दलको बैठक ओलीले आज बिहान ११ वजेका लागि बोलाएका छन् । बैठकमा आउने÷नआउने परिस्थितीलाई समेत मध्यनजर गरेर ओलीले नेपालमाथी कारवाहीको डन्डा वर्षाउने तयारी थालेका छन् । नेपालले प्रचण्डसँग मिलेर बहुमतमा रहेका बेला आफुलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गरेर कारवाही गरेको भन्दै ओलीले अहिले त्यही विधिमा अराजकता देखाउनेलाई आफुले किन कारवाही गर्न नपाउने भन्ने प्रश्न गर्न थालेका छन् ।
नेपाललाई कारवाही गर्ने बित्तिकै एमाले विभाजित हुनेछ । तर ओलीले नेपाल पक्ष एमालेमा आउँदै नआएको जिकिर गर्न थालेका छन् । उनले नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि बुधबार बेलुकी बालुवाटारमा महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङलगायतका नेतासँग नेपालमाथीको कारवाहीका विषयमा छलफल गरेको बालुवाटार स्रोतले बताएको छ ।
पौडेल र नेम्वाङले सिधै कारवाही भन्दा पनि नेपाल पक्षको भेलाको निर्णय के आउँछ कुर्नपर्ने बताएका थिए भने छलफलमा पोखरेलले भने अब सिधै कारवाही गरेर अगाडी जानुपर्ने धारणा राखेका थिए । पोखरेल नेपालसँग पहिले देखि नै असन्तुष्ट रहदै आएका थिए । माओवादी केन्द्रसँग एकता नभएको भए एमालेको महाधिवशेनबाट माधव नेपालसँग ओली पक्षबाट पोखरेलले चुनावी प्रतिस्पर्धा गर्ने आन्तरिक तयारी थालेका थिए । भलैं उनलाई ओलीले आफुलाई त्यसबेला छोडने विश्वास थियो ।
तर ओली अझै एक कार्यकाल पार्टीको नेतृत्व छोड्न चाहने पक्षमा छैनन् । उनी आफुले छोडनै परे शंकर पोखरेललाई नेतृत्व सुम्पने गरी मात्रै छोड्न तयार छन् । तर पनि पोखरेलले ओली भन्दा कडा भएर माधव नेपाल पक्षलाई चिडाउने र कारवाहीको धम्की दिन छोडेका छैनन् ।
ओलीले माधव नेपाल पक्षको टाउकोलाई नै कारवाहीमा ल्याएपछि अन्य नेता कार्यकर्ता स्वतः सहज तरिकाले आफुहरुतिर आउने आकलन गरेका छन् । त्यही भएर ओली माधव नेपाल र झलनाथ खनाललाई नै कारवाही गर्ने तयारीमा अगाडी बढेका छन् । नेपाल पक्षले भने ओलीले बोलाएको संसदीय दलको बैठकमा आफुहरु भेलामा रहेकोले बैठकमा आउन नभ्याउने बताईसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल