माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै कार्यक्रमबिना बुधबार सिन्धुली पुगेको खबर कान्तिपुरमा छापिएको छ ।
माओवादी केन्द्र स्थायी समिति सदस्य एवं सिन्धुली क्षेत्र नं. २ का संघीय सांसद हरिबोल गजुरेलको घरमा २५ वर्षपछि बास बस्ने गरी अध्यक्ष दाहाल पत्नी सीता दाहालसहित आएका हुन्।
सिन्धुलीमा दाहालको औपचारिक कार्यक्रम नरहे पनि कार्यकर्ता भेटघाट भने हुने नेता गजुरेलले बताए । आफू एकान्तमा आनन्द लिन आएको उल्लेख गर्दै दाहालले कुराकानी बिहीबार मात्रै गर्ने बताएका छन् । दाहाल २०५२ सालमा सशस्त्र ब̊न्ब̊को तयारी गर्ने सिलसिलामा सिन्धुली आएर गजुरेलकै घरमा बसेका थिए ।
‘धेरै समयपछि सिन्धुलीको यो घरमा आएको छु, अकस्मात् हिँडेको हो, अध्यक्ष दाहालले भने, ‘कांग्रेस बैठकमै छ, माधव (नेपाल) जीहरू आफ्नै भेलामा हुनुहुन्छ, जसपाका नेताहरू पनि बैठक गर्दै छन्, त्यही भएर बास बस्ने गरी आएको हुँ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल आएको थाहा हुनासाथ सुरक्षाकर्मी र कार्यकर्ता कमलामाई नगरपालिका–४ को दोभानटारस्थित गजुरेल निवासमा ओइरिएका थिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०५ चैत्र २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : प्रचण्ड
‘प्रचण्ड’ले ‘विप्लव’लाई सुनाए नेकपासँग एकता गर्ने पार्टीको निर्णय
विप्लव निवास पुगे माओवादी अध्यक्ष प्रचण्ड
पर्वतारोहण सङ्घको नवनिर्वाचित नेतृत्वलाई प्रचण्डले दिए बधाई
दलाल र बिचौलियाहरू अब माओवादीमा रहन पाउँदैनन् : प्रचण्ड
समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन्: प्रचण्ड