माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै कार्यक्रमबिना बुधबार सिन्धुली पुगेको खबर कान्तिपुरमा छापिएको छ ।
माओवादी केन्द्र स्थायी समिति सदस्य एवं सिन्धुली क्षेत्र नं. २ का संघीय सांसद हरिबोल गजुरेलको घरमा २५ वर्षपछि बास बस्ने गरी अध्यक्ष दाहाल पत्नी सीता दाहालसहित आएका हुन्।
सिन्धुलीमा दाहालको औपचारिक कार्यक्रम नरहे पनि कार्यकर्ता भेटघाट भने हुने नेता गजुरेलले बताए । आफू एकान्तमा आनन्द लिन आएको उल्लेख गर्दै दाहालले कुराकानी बिहीबार मात्रै गर्ने बताएका छन् । दाहाल २०५२ सालमा सशस्त्र ब̊न्ब̊को तयारी गर्ने सिलसिलामा सिन्धुली आएर गजुरेलकै घरमा बसेका थिए ।
‘धेरै समयपछि सिन्धुलीको यो घरमा आएको छु, अकस्मात् हिँडेको हो, अध्यक्ष दाहालले भने, ‘कांग्रेस बैठकमै छ, माधव (नेपाल) जीहरू आफ्नै भेलामा हुनुहुन्छ, जसपाका नेताहरू पनि बैठक गर्दै छन्, त्यही भएर बास बस्ने गरी आएको हुँ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल आएको थाहा हुनासाथ सुरक्षाकर्मी र कार्यकर्ता कमलामाई नगरपालिका–४ को दोभानटारस्थित गजुरेल निवासमा ओइरिएका थिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०५ चैत्र २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?