काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकामा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाउनुभएको छ ।
एमालेको झलनाथ–माधव समूहले आज पत्रकार सम्मेलन गरी भेलाको जानकारी दिएको थियो । महासचिव पोखरेलको विज्ञप्तिमा ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न÷नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता÷कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ ।
“अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०३ चैत्र २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले देश बनाउने शक्ति : ईश्वर पोखरेल
‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’ : ईश्वर पोखरेल
काठमाडौं-५ का मतदातासँग ईश्वर पोखरेलले मागे सुझाव
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल