काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताउनुभएको छ ।
उहाँले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पु¥याउनुभएको योगदानलाई स्मरणसमेत गर्नुभएको छ ।
माक्र्सवादको गहिरो अध्ययन गर्नुभएका प्रा श्रेष्ठ विसं २०१४ मा काठमाडौँ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो । प्राध्यापन पेशामा लामो समय बिताउनुभएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाउनुभएको थियो ।
मिर्गाैला र मुटु रोगबाट पीडित उहाँको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०३ चैत्र २०७७, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी