सर्वाधिक गोलकर्ता बन्न सफल रोनाल्डोलाई पेलेले दिए बधाई

एजेन्सी

सोमबार, ०२ चैत्र २०७७, ०८ : ५०
सर्वाधिक गोलकर्ता बन्न सफल रोनाल्डोलाई पेलेले दिए बधाई

एजेन्सी । फुटबलमा महान खेलाडी पेलेले क्रिष्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । औपचारिक खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रोनाल्डोले आफ्नो नाममा लेखाएपछि पेलेले उनलाई बधाई दिएका हुन् । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो ।

रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति काग्लिएरीसँग भएको खेलको सुरुको ३२ मिनेट भित्र तीन गोल गरे । उनले आफ्नो खेल जीवनमा ७७० गोल गरेका छन् । यो पेलेले खेल जीवनमा गरेको भन्दा तीन गोल बढि हो ।

उनले आफ्नो खेल जीवनमा ७६७ गोल गरेका थिए । पेलेले इन्स्टाग्राम मार्फत रोनाल्डोलाई बधाइ दिएका हुन् । उनले लेखेका छन्, ‘जीवन एक्लो उडान हो । रहेक यात्राले आफ्नै गन्तव्य तय गर्छ ।

र तिमीले कति सुन्दर यात्रा गरिरहेका छौँ । म तिमीलाई अति सम्मान गर्छु, तिमी खेल्दै गरेको हेर्न आनन्द लाग्छ र यो कुरा कसैबाट छिपेको छैन । औपचारिक खेलमा मैले बनाएको गोल कीर्तिमान भंग गरेकोमा धेरै बधाई ।’ रोनाल्डोले पेलेप्रति आफ्नो असीमित सम्मान र आदर रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस