काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरेको छ ।
बैठकले पार्टीको १०औं महाधिवेशन २०७८ सालको २ देखि ६ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । बैठकले १०औं महाधिवेशन आयोजक कमिटीसमेत बनाएको छ । महाधिवेशनका लागि बैठकले पार्टीको विधान पनि संशोधन गरेको छ ।
बैठकले ७ चैतमा अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको केन्द्रीय सदस्य राजेन्द्र गौतमले जानकारी दिए । राजधानी दैनिकमा खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ फागुन २०७७, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी