कैलाली । धनगढीमा नेकपा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ । प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा झडप भएको हो । यतिबेला त्यहाँको अवस्था तनावपूर्ण भएको छ ।
नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम प्लेट सहित नयाँ बोर्ड राखेपछि झडपको अवस्था सिर्जना भएको हो । ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको जुलुसले बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो ।
रावल पक्षका कार्यकर्ता आएर ओली पक्षले राखेको बोर्ड र नेम प्लेट हटाएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । त्यझडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । अहिले प्रदेश कार्यलय प्रहरीको कब्जामा छ । घटनामा को कति घाइते भए विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले