काठमाडौं । बाराको निजगढमा एक किशोरको हत्या भएको छ । निजगढ नगरपालिका–९ स्थित बुद्धचोकमा किशोरको हत्या भएको हो । आफ्नै घरको माथिल्ला तल्लामा १९ बर्षिय रोहित शर्माको हत्या गरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताए ।
शव फेला परेको सुचनापछि प्रहरी घटनास्थलमा पुगेको छ । घरको माथिल्लो तलामा रोहित एक्लै बस्थे । घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको डिएसपी मिश्रले बताए । चन्द्रनिगाहापुर स्थायी घर भएका रोहितको परिवारले निजगढमा पनि घर बनाएका थिए । मृतक पेशाले पेन्टर रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या