काठमाडौं । बाराको निजगढमा एक किशोरको हत्या भएको छ । निजगढ नगरपालिका–९ स्थित बुद्धचोकमा किशोरको हत्या भएको हो । आफ्नै घरको माथिल्ला तल्लामा १९ बर्षिय रोहित शर्माको हत्या गरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताए ।
शव फेला परेको सुचनापछि प्रहरी घटनास्थलमा पुगेको छ । घरको माथिल्लो तलामा रोहित एक्लै बस्थे । घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको डिएसपी मिश्रले बताए । चन्द्रनिगाहापुर स्थायी घर भएका रोहितको परिवारले निजगढमा पनि घर बनाएका थिए । मृतक पेशाले पेन्टर रहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीलाई घरमा अर्कै पुरुषसँग भेटेपछि हत्या
स्याङ्जामा युवकको हत्या
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ