काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अवैध भएकाले सो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध हुने बताएको खबर नागरिक दैनिकमा छापिएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी भन्ने दल ऋषि कट्टेलजीको भयो ।
योसँगै २०७५ जेठ ३ गतेयता एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा नामबाट भएका काम पनि अवैध भए,’ उप्रेतीले भने, ‘सर्वोच्चले सबै २०७५ जेठअघिको अवस्थामा रिस्टोर गरिदियो। एमाले र माओवादी केन्द्रलाई जनताले निर्वाचनमा जुन हैसियत दिएका थिए, त्यो त्यही हुने भयो, दुई पार्टीले एउटै दलको रूपमा गरेका काम कारबाही वैध भएनन्।’
पार्टी बदरभएपछि त्यसका नामबाट भएका काम पनि वैध हुन नसक्ने उप्रेतीको बुझाइ छ।‘उपनिर्वाचनमा भाग लिएको पार्टी नै वैध नभएपछि त्यसका नामबाट निर्वाचित जनप्रतिनिधि वैध हुने कुरै हुँदैन,’ उप्रेतीले भने, ‘अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको अवस्थामा अब नेकपा एकतापछि एमाले र माओवादीका नामबाट अरू नयाँ दल दर्ता भएका भए पनि खारेज हुन्छन् वा तिनले अर्को नाम लिनुपर्छ।’
२०७४ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा रस्थानीय तहको निर्वाचनपछि संसद्मा पहिलो दल बनेको नेकपा एमाले र तेस्रो दल बनेको माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण घोषणा भएको थियो।एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको थियो।यो नाम आफूले २०७० साउन २२ गते आयोगमा दर्ता गराएको दलसँग मिलेकाले खारेज गर्न माग राखेर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले उजुरी दिएका थिए।आयोगले २०७५ कात्तिक ९ मा कट्टेलको उजुरी खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २४ फागुन २०७७, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ