काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला सुनाएको हो ।
ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता थियो । यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ फागुन २०७७, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई
एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता