काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला सुनाएको हो ।
ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता थियो । यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ फागुन २०७७, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता
नेकपाको नेता कार्यकर्तालाई यस्तो छ ४० बुँदे निर्देशन (परिपत्रसहित)
नेकपाले बोलायो निर्वाचन परिचालन समितिको बैठक
कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष नेकपामा समाहित
भरतपुर–२५ का १६० बढी राप्रपा कार्यकर्ता नेकपा प्रवेश
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश