काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूह र ओली समूह दुवै पक्षले आ–आफ्नो पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन् । शुक्रबार सम्पन्न प्रचण्ड–नेपाल समूहको संसदीय दलमा १ सय १५ जना सांसद रहेको दाबी गरेसँग ओली समूहले पनि आफ्नो पक्षमा १ सय १५ जना सांसद पुगेको दाबी गरेको हो ।
नेकपाभित्र प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २ सय २० सांसद रहेका छन्, जसमा बहुमतका लागि १ सय ११ जना सांसदको खाँचो पर्छ । संसदीय दलमा दुवै समूहले बहुमतको दाबी गरे पनि हस्ताक्षरसहितको नामावली दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले शुक्रबार सम्पन्न संसदीय दलको बैठकमा १ सय १३ जना सांसदले हस्ताक्षर गरेको बताउँदै बाँकी तीन जनाले अझै हस्ताक्षर गर्ने बताए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २३ फागुन २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा रास्वपा संसदीय दलको अनौपचारिक छलफल हुँदै
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो