काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलका नेता गंगाराम चौधरीलाई विधान विपरीतको क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोधेकी छन् ।
आफू बिरामी परेर उपचाररत रहेको अवस्थामा कुनै जानकारी नगराई कन गत ९ साउन र ११ साउनमा विभिन्न गैरकानूनी निर्णयहरू गरेको गंगाराममाथि रञ्जिताको आरोप छ ।
‘तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र आधार कारण युक्त एवं चित्तबुझ्दो स्पष्टीकरण पेश गर्नुहोला । अन्यथा पार्टीको विधान बमोजिम तपाईँलाई कारबाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ,’ स्पष्टीकरणको पत्रमा भनिएको छ ।
रञ्जिताले पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि पठाएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०८२, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपामा पदाधिकारी नराख्ने रञ्जिता पक्षको बैठकको निर्णय
सत्तापक्षमा बस्न नाउपाले दियो संसद् सचिवालयमा निवेदन
नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय
नाउपाको नेतृत्वमा भोलि कैलालीमा मोर्चाको सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष