काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्। गौतम अस्वस्थ भएका कारण प्रधानमन्त्री भेट्न आएको गौतमका स्वकीय सचिव दीपक टमटाले बताए ।
पार्टी विभाजनपछि कतै पनि नलागेका गौतमले पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन् । संसद् पुनस्र्थापना भएपछि गौतमले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। उनले पार्टी एकीकरणका लागि ओली र पुष्पकमल दाहाल दुवैलाई भेटेर दबाब दिएका थिए।
प्रधानमन्त्री ओली भैंसेपाटी जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। गौतमपत्नी तुलसा थापा समानुपातिकतर्फकी सांसद हुन्। उनी अहिले कुनै समुहमा पनि खुलेकी छैनन्। यसैगरी ओली समूहमा आएकी माया ज्ञवाली दाहाल–नेपाल समूहमा गएपछि ओलीलाई अप्ठ्यारो परेको थियो। थापा आए ओलीलाई अली सजिलो हुने बताइएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ फागुन २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्