काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्। गौतम अस्वस्थ भएका कारण प्रधानमन्त्री भेट्न आएको गौतमका स्वकीय सचिव दीपक टमटाले बताए ।
पार्टी विभाजनपछि कतै पनि नलागेका गौतमले पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन् । संसद् पुनस्र्थापना भएपछि गौतमले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। उनले पार्टी एकीकरणका लागि ओली र पुष्पकमल दाहाल दुवैलाई भेटेर दबाब दिएका थिए।
प्रधानमन्त्री ओली भैंसेपाटी जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। गौतमपत्नी तुलसा थापा समानुपातिकतर्फकी सांसद हुन्। उनी अहिले कुनै समुहमा पनि खुलेकी छैनन्। यसैगरी ओली समूहमा आएकी माया ज्ञवाली दाहाल–नेपाल समूहमा गएपछि ओलीलाई अप्ठ्यारो परेको थियो। थापा आए ओलीलाई अली सजिलो हुने बताइएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ फागुन २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली