यस्तो छ विप्लव सार्वजनिक हुने मञ्च

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, १३ : ११
यस्तो छ विप्लव सार्वजनिक हुने मञ्च

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रवार) सार्वजनिक हुँदैछन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आयोजित समारोहमा विप्लव सार्वजनिक हुन लागेका हुन् ।

महासचिव विप्लव आज औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ । राष्ट्रिय सभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । 

प्रतिक्रिया दिनुहोस