बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थिति कता लैजाने भन्ने निर्णायक शक्ति कांग्रेस बनेको बताएका छन् । संसद विघटन बदर गर्ने सर्वोच्चको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै थापाले अब बल कांग्रेसको कोर्टमा आएको बताए ।
पार्टीले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले अब शुरु हुने संसद अधिवेशनले नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुने र ताजा जनादेशमा जाने अवस्था आउन सक्ने औंल्याए ।
सर्वोच्चले संविधानको धारा ७६ (१) को सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भनेर संसद पुनस्र्थापना गरिदिए पनि अब ७६ (७) अनुसार विघटन हुने र ताजा जनादेशको विकल्पमा जानुपर्ने उनको तर्क छ ।
नेकपा विभाजन भएमा सरकार गठनका लागि बल कांग्रेसको कोर्टमा पुग्ने उनले औंल्याए । अहिले मुलुकसामु दुईवटा विकल्प छन्, एउटा अपवित्र गठबन्धनका माध्यमबाट सांसद किनबेच र राजनीतिक अस्थिरता निम्ताउने र दोस्रो संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने,’
उनले भने, ‘कांग्रेसले दोस्रो विकल्पलाई रोज्नुपर्छ ।’ अध्यक्ष थापाले अपवित्र गठबन्धन गर्ने हो भने त्यसको मूल्य कांग्रेसले लामो समयसम्म चुकाउनुपर्ने तर्क गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ: कमल थापा
व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरे देशमा आगो बल्छ: कमल थापा
तोडफोड र आगजनी निन्दनीय : कमल थापा
कमल थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
कमल थापाले बोलाए पदाधिकारी बैठक
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा