काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको आधिकारिकता विवादसम्बन्धी फैसलाको समय लम्बिएको छ। बिहीबारका लागि निर्णय सुनाउने मिति तय भएको थियो ।
तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण शोक बिदा परेपछि निर्णय सुनाउने मिति सरेको हो। सर्वोच्च अदालतले अर्को मिति तोकिसकेको छैन। अघिल्लो साता न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले बिहीबार निर्णय सुनाउने मिति तोकेको थियो।
तत्कालीन दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठमा एकीकरण भएपछि नेकपा गठन भएको थियो। उक्त नाम आफ्नो दलसँग मिलेको भन्दै ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए । पटक पटक स्थगित भएपछि अघिल्लो साता अन्तिम सुनुवाइ सकिएको थियो। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २१ फागुन २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ