काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको आधिकारिकता विवादसम्बन्धी फैसलाको समय लम्बिएको छ। बिहीबारका लागि निर्णय सुनाउने मिति तय भएको थियो ।
तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण शोक बिदा परेपछि निर्णय सुनाउने मिति सरेको हो। सर्वोच्च अदालतले अर्को मिति तोकिसकेको छैन। अघिल्लो साता न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले बिहीबार निर्णय सुनाउने मिति तोकेको थियो।
तत्कालीन दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठमा एकीकरण भएपछि नेकपा गठन भएको थियो। उक्त नाम आफ्नो दलसँग मिलेको भन्दै ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए । पटक पटक स्थगित भएपछि अघिल्लो साता अन्तिम सुनुवाइ सकिएको थियो। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २१ फागुन २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै