काठमाडौँ । संसद् सचिवालयमा बिहीबार नेकपाको दुई खेमाका स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र घनश्याम भुसालबीच संवाद चल्यो ।
निर्वाचन आयोगले निर्णय नगरिदिँदा विभाजनको औपचारिक चरणमा प्रवेश नगरिसकेको नेकपा जुटाउने उपाय खोज्दै पोखरेल र भुसालबीच यसअघि पनि बारम्बार छलफल भइरहेका थिए ।
भुसाल–पोखरेलको भेटलगत्तै बिहीबारै संसद् सचिवालयमा अर्को दृश्य देखियो– देव गुरुङसहितका नेताहरूले नेकपा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाइएको निवेदन सचिवालयमा दर्ता गरे ।
संसद् सचिवालयमा एकै दिन देखिएका यी दुई फरक दृश्य नेकपाको दुवै खेमाभित्रको तात्कालिक परिस्थिति हो । दोस्रो पुस्ताका अधिकांश नेता र सांसदहरू विभिन्न विकल्पमा छलफल गरेर पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेका बेला नेतृत्व पंक्ति भने आफ्नै नेताहरूलाई कारबाही गर्दै आगामी सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न खोजिरहेका छन् ।
दाहाल–नेपालले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने जानकारी बुधबारको केन्द्रीय कमिटी बैठकमा दिइसकेका छन् ।
‘बैठकमा नेकपा एकताबद्ध राख्ने विषयमा केही सम्भावना छ कि भन्ने कुरा उठेको थियो,’ एक केन्द्रीय कमिटी सदस्यले भने, ‘तर माधव कमरेडले त्यो सम्भावना छैन । अबको प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मानेर जाने हो भन्नुभयो । त्यसैले कतिपय साथीहरूले एकताको कुरा गरे पनि त्यो मैले सम्भव देख्दिनँ ।’
दोस्रो पुस्ताका नेताहरूले पार्टीलाई एकताबद्ध राख्न पर्दापछाडि गरेको पहल भने देखिएको दृश्यभन्दा अलि फरक छ तर अहिलेसम्म पहलभन्दा अगाडि बढ्न सकेको छैन । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २१ फागुन २०७७, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले तोक्यो प्रदेश इन्चार्ज र संयोजक
नेकपामा कार्यविभाजनको प्रस्ताव : झलनाथ नीति प्रतिष्ठान प्रमुख र वामदेव उत्पादन विभागको जिम्मेवारीमा
नेकपाको कार्यविभाजन: गैर माओवादीको वर्चस्व, पार्टीभित्र असन्तुष्टि चुलिँदै
११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
नेकपा केन्द्रीय समिति बैठक बस्दै