काठमाडौँ । नेकपा प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य तथा पूर्वकृषिमन्त्री घनश्याम भुसाल र नेकपा ओली सूमहका स्थायी कमिटी सदस्य शंकर पोखरेलबीच आज सिंहदरबारमा आकस्मिक भेटघाट भएको छ ।
कानुनी रुपमा विभाजन हुन बाँकी रहेको र राजनीतिक रुपमा विभाजन भइसकेको नेकपाको विवाद समाधान गर्न दुई नेताबीच आकस्मिक भेटघाट भएको स्रोतको भनाइ छ । दोस्रो तहका नेताको रुपमा चिनिएको भुसाल र पोखरेलबीच ४५ मिनेट छलफल भएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छन् । उनी पार्टीमा विवाद देखिरहेको समयमा पार्टीलाई एकताबद्ध बनाउन लकडाउनको समयमा पनि लुम्बिनी प्रदेशबाट पटकपटक बालुवाटार र खुमलटार सबैभन्दा बढी पुग्ने नेताभित्र पर्छन् । अन्ततः उनको पार्टी एकीकरणको प्रयास सफल हुन सकेन । फेरि उनले पार्टी एकताको पक्षमा लबिङ थालेका छन् । स्रोतका अनुसार पार्टीलाई एकढिक्का बनाउन नेता पोख्रेलले घनश्याम भुसाललाई भेटेका हुन् ।
आज दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा दुबै नेता पार्टीलाई मिलाउनुपर्छ भन्नेमा नै केन्द्रित भएका थिए । पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको र आज छलफललाई निरन्तरता दिएके बताए। भुषालले शीर्ष नेताबीच बढेको दुरी साँघुरो नभएको हुनाले त्यसलाई साँघुुरो बनाउन आफू लागिपर्ने बताए । नेता पोखरेलले राजनीतिमा असम्भव भन्ने कुरा नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० फागुन २०७७, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल