काठमाडौँ । नेकपा प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य तथा पूर्वकृषिमन्त्री घनश्याम भुसाल र नेकपा ओली सूमहका स्थायी कमिटी सदस्य शंकर पोखरेलबीच आज सिंहदरबारमा आकस्मिक भेटघाट भएको छ ।
कानुनी रुपमा विभाजन हुन बाँकी रहेको र राजनीतिक रुपमा विभाजन भइसकेको नेकपाको विवाद समाधान गर्न दुई नेताबीच आकस्मिक भेटघाट भएको स्रोतको भनाइ छ । दोस्रो तहका नेताको रुपमा चिनिएको भुसाल र पोखरेलबीच ४५ मिनेट छलफल भएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छन् । उनी पार्टीमा विवाद देखिरहेको समयमा पार्टीलाई एकताबद्ध बनाउन लकडाउनको समयमा पनि लुम्बिनी प्रदेशबाट पटकपटक बालुवाटार र खुमलटार सबैभन्दा बढी पुग्ने नेताभित्र पर्छन् । अन्ततः उनको पार्टी एकीकरणको प्रयास सफल हुन सकेन । फेरि उनले पार्टी एकताको पक्षमा लबिङ थालेका छन् । स्रोतका अनुसार पार्टीलाई एकढिक्का बनाउन नेता पोख्रेलले घनश्याम भुसाललाई भेटेका हुन् ।
आज दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा दुबै नेता पार्टीलाई मिलाउनुपर्छ भन्नेमा नै केन्द्रित भएका थिए । पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको र आज छलफललाई निरन्तरता दिएके बताए। भुषालले शीर्ष नेताबीच बढेको दुरी साँघुरो नभएको हुनाले त्यसलाई साँघुुरो बनाउन आफू लागिपर्ने बताए । नेता पोखरेलले राजनीतिमा असम्भव भन्ने कुरा नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० फागुन २०७७, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल
मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु: घनश्याम भुसाल
नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ: घनश्याम भुसाल
घुस नखानेहरूको क्रान्तिकारी पार्टी आवश्यक छ: घनश्याम भुसाल
घनश्याम भुसालका टिप्पणी-‘च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदै छ
कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्छ: घनश्याम भुसाल