काठमाडौं । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नमान्ने घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र केपी ओली नेतृत्वको सरकारबीच ३ बुँदे सहमतिपछि विप्लव समुहमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा भएको छ ।
२ बर्ष अघि अर्थात् २०७५ फागुन २८ गते सरकारले विप्लव समुहलाई अपराधिक संगठन भन्दै प्रतिवन्ध लगाएको थियो । त्यसको झण्डै २ बर्ष पुग्न लाग्दा अर्थात् २०७७ फागुन फागुन २० गते प्रतिवन्ध फुकुवा भएको हो ।
विप्लव समुह अर्धभुमिगत रहेको अवस्थामा २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय परिसरमा वम विष्फोट गराएपछि त्यसको १८ दिनपछि विप्लव समुहसँग सरकार आक्रमक बन्दै उसका गतिविधिमाथि प्रतिवन्ध लगाएको थियो ।
सरकारले त्यसवेला विप्लवमाथि एनसेल लगायतमा विष्फोट र चन्दा आतंक मच्चाएको तथा वार्तामा बोलाउदा समेत नआएको भन्दै अपराधिक संगठनका रुपमा चित्रण गरेको थियो । यसबीचमा सो समुहले दर्जनौ विष्फोट गराइसकेको छ ।
विष्फोट, कारवाही लगायतका घटनामा सरकार र विप्लव समुहतर्फ झण्डै एक दर्जन मानिसको ज्यान समेत गएको छ । नख्खु विष्फोटको घट्नामा लमजुङका सिंहप्रताव गुरुङको ज्यान गएको थियो भने अन्य ३ जना घाइते भएका थिए ।
त्यसपछि विप्लव समुहले पनि आफ्नो कारवाही तीव्र बनाएको थियो । पछिल्लो पटक सो विप्लव समुहका कार्यकर्ताले मोरङमा एक शिक्षकको हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० फागुन २०७७, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना