यसरी लागेको थियो विप्लवमाथि प्रतिबन्ध

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १२ : ४२
यसरी लागेको थियो विप्लवमाथि प्रतिबन्ध

काठमाडौं । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नमान्ने घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र केपी ओली नेतृत्वको सरकारबीच ३ बुँदे सहमतिपछि विप्लव समुहमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा भएको छ । 

२ बर्ष अघि अर्थात् २०७५ फागुन २८ गते सरकारले विप्लव समुहलाई अपराधिक संगठन भन्दै प्रतिवन्ध लगाएको थियो । त्यसको झण्डै २ बर्ष पुग्न लाग्दा अर्थात् २०७७ फागुन फागुन २० गते प्रतिवन्ध फुकुवा भएको हो । 

विप्लव समुह अर्धभुमिगत रहेको अवस्थामा २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय परिसरमा वम विष्फोट गराएपछि त्यसको १८ दिनपछि विप्लव समुहसँग सरकार आक्रमक बन्दै उसका गतिविधिमाथि प्रतिवन्ध लगाएको थियो ।

सरकारले त्यसवेला विप्लवमाथि एनसेल लगायतमा विष्फोट र चन्दा आतंक मच्चाएको तथा वार्तामा बोलाउदा समेत नआएको भन्दै अपराधिक संगठनका रुपमा चित्रण गरेको थियो ।  यसबीचमा सो समुहले दर्जनौ विष्फोट गराइसकेको छ ।

विष्फोट, कारवाही लगायतका घटनामा सरकार र विप्लव समुहतर्फ झण्डै एक दर्जन मानिसको ज्यान समेत गएको छ । नख्खु विष्फोटको घट्नामा लमजुङका सिंहप्रताव गुरुङको ज्यान गएको थियो भने अन्य ३ जना घाइते भएका थिए ।

त्यसपछि विप्लव समुहले पनि आफ्नो कारवाही तीव्र बनाएको थियो । पछिल्लो पटक सो विप्लव समुहका कार्यकर्ताले मोरङमा एक शिक्षकको हत्या गरेका थिए ।