काठमाडौं । नेकपाको प्रचण्ड –नेपाल समुह (वहुमत समुह)को केन्द्रीय समितिको वैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा वैठक बस्न लागेको हो । केन्द्रीय समितिको वैठक अगाडी स्थायी समितिको वैठक बस्नेछ ।
स्थायी समितिको वैठक पनि पेरिसडाडामै बस्नेछ । संसद अधिवेशन २३ फागुनमा आह्रवान भएको र प्रतिनिधीसभा पूर्नस्थापना पछिको रणनीति, निर्वाचन आयोगले आधिकारिकता दिन गरिरहेको ढिलाई लगायतका विषयमा छलफल गर्ने गरी नेकपाको वहुमत पक्षले आज केन्द्रीय समितिको वैठक वोलाएको हो ।
वैठकमा आउदा केन्द्रीय सदस्यहरुलाई अनिवार्य रुपमा पार्टी एकताका बेला प्रचण्ड र केपी ओलीले हस्ताक्षर गरी दिएको परिचय पत्र र सक्कल नागरिकता नै वोकेर आउन निर्देशन गरिएको छ ।
यस अगाडी पनि फागुन ७ मा केन्द्रीय सदस्यलाई नागरिकता सहित केन्द्रीय समिति वैठकमा आउन निर्देशन गरिएको थियो ।
प्रतिनिधीसभा विघटन गर्ने प्रधानमन्त्रीको गत पुस ५ को निर्णयपछि नेकपा विभाजित हुन पुगेको थियो । भलै ओलीको त्यो विघटनको निर्णयलाइृ अहिले सर्वाेच्चले असम्वैधानिक कदम भन्दै वदर गरिदिईसकेको छ ।
निर्वाच्न आयोगले नेकपाको आधिकारिकताका लागि लामो समय सम्म पनि निरुपण गर्न गरेको ढिलाईले संसदमा सरकार गठन लगायतका विषय समेत प्रभावित पारिरहेको छ । असम्वैधानिक कदम चाल्नेक केपी ओलीलाई नै वल पुगने गरी आयोगले ढिलाई गरेपछि प्रचण्ड नेपाल पक्षले परिचय पत्र र नागरिकता सहित वैठकमा आउन नेताहरुलाइृ निर्देशन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ फागुन २०७७, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता
नेकपाको नेता कार्यकर्तालाई यस्तो छ ४० बुँदे निर्देशन (परिपत्रसहित)
नेकपाले बोलायो निर्वाचन परिचालन समितिको बैठक
कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष नेकपामा समाहित
भरतपुर–२५ का १६० बढी राप्रपा कार्यकर्ता नेकपा प्रवेश
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश