काठमाडौं । नेकपाको प्रचण्ड –नेपाल समुह (वहुमत समुह)को केन्द्रीय समितिको वैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा वैठक बस्न लागेको हो । केन्द्रीय समितिको वैठक अगाडी स्थायी समितिको वैठक बस्नेछ ।
स्थायी समितिको वैठक पनि पेरिसडाडामै बस्नेछ । संसद अधिवेशन २३ फागुनमा आह्रवान भएको र प्रतिनिधीसभा पूर्नस्थापना पछिको रणनीति, निर्वाचन आयोगले आधिकारिकता दिन गरिरहेको ढिलाई लगायतका विषयमा छलफल गर्ने गरी नेकपाको वहुमत पक्षले आज केन्द्रीय समितिको वैठक वोलाएको हो ।
वैठकमा आउदा केन्द्रीय सदस्यहरुलाई अनिवार्य रुपमा पार्टी एकताका बेला प्रचण्ड र केपी ओलीले हस्ताक्षर गरी दिएको परिचय पत्र र सक्कल नागरिकता नै वोकेर आउन निर्देशन गरिएको छ ।
यस अगाडी पनि फागुन ७ मा केन्द्रीय सदस्यलाई नागरिकता सहित केन्द्रीय समिति वैठकमा आउन निर्देशन गरिएको थियो ।
प्रतिनिधीसभा विघटन गर्ने प्रधानमन्त्रीको गत पुस ५ को निर्णयपछि नेकपा विभाजित हुन पुगेको थियो । भलै ओलीको त्यो विघटनको निर्णयलाइृ अहिले सर्वाेच्चले असम्वैधानिक कदम भन्दै वदर गरिदिईसकेको छ ।
निर्वाच्न आयोगले नेकपाको आधिकारिकताका लागि लामो समय सम्म पनि निरुपण गर्न गरेको ढिलाईले संसदमा सरकार गठन लगायतका विषय समेत प्रभावित पारिरहेको छ । असम्वैधानिक कदम चाल्नेक केपी ओलीलाई नै वल पुगने गरी आयोगले ढिलाई गरेपछि प्रचण्ड नेपाल पक्षले परिचय पत्र र नागरिकता सहित वैठकमा आउन नेताहरुलाइृ निर्देशन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ फागुन २०७७, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै