रियल मड्रिड हारबाट जोगिन सफल

एजेन्सी

मंगलबार, १८ फागुन २०७७, ०८ : ४७
रियल मड्रिड हारबाट जोगिन सफल

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा रियल मड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा भएको खेलमा अन्तिम समयको गोलले रियल मड्रिड रियल सोसिडाडसँग बराबरी गर्न सफल भएको हो ।

सोसिडाडका लागि ५५ औँ मिनेटमा पोर्चुगिज मान्जानेराले गोल गरे । पछि परेको रियल मड्रिडका लागि ८९ औँ मिनेटमा विनिसिअस जुनियरले बराबरी गोल गरेर एक अंक दिलाएका हुन् ।

बराबरीपछि तेस्रो स्थानको रियल मड्रिडको २५ खेलबाट ५३ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको पनि समान ५३ अंक नै छ । रियल मड्रिड शीर्ष स्थानको एथ्लेटिको मड्रिड भन्दा पाँच अंकले पछि रहेको छ ।

प्रतिक्रिया दिनुहोस