काठमाडौं । केही वर्षअघिसम्म जग्गावालका छोरा–नाति पदमबहादुर माझी जीवनको उत्तरार्द्धमा मानसिक रोगीजस्तै बनेका छन् । खानाको ठेगान छैन । दिनहरू भौंतारिएर बित्छ । जोकोहीसँग भेट हुँदा उनी आग्रह गरिहाल्छन्, ‘मलाई न्यायका लागि सहयोग गरिदिनुपर्यो ।’
आफ्नो पुस्तैनी १० कट्ठा १६ धुर जग्गा राज्य पक्षले हडपेको भन्दै पदमबहादुर ७१ वर्षको उमेरमा न्यायका लागि हारगुहार गरिरहेका छन् तर उनको गुहार सुन्ने कोही छैन । ‘छरछिमेक, प्रहरी, नगरपालिका, बुद्धिजीवी, नागरिक समाज कसैबाट पनि पर्याप्त सहयोग पाइनँ,’ उनले भने, ‘न्यायका लागि म ५० वर्षदेखि एक्लै लडिरहेको छु ।’ आफ्नो नामको उक्त जग्गा दमक नगरपालिकाले जबर्जस्ती हडपेको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक निवासी हरिमाया मझिनी २०२१ सालअघि २८ बिघा जग्गाकी धनी थिइन् । उनी पति हरिबहादुर र छोरा धनबहादुर माझीको निधनपछि नाति पदमबहादुरसँग बस्दै आएकी थिइन् । मझिनीले नै आफ्नो निजी जग्गामा साप्ताहिक रूपमा प्रत्येक बुधबार लाग्ने गरी दमकमा बजार लगाउन सुरु गरेको दाबी गरिन्छ ।
बुधबारको बजार पहिला रतुवा नदीको बगरमा लाग्दै आएको थियो । २००८ सालमा रतुवा नदीमा आएको ठूलो बाढीले बजार बगायो । बाढीले बगाएको बजारलाई मझिनीले दमक नगरपालिका ७ ९साविक १२० हाटखोलास्थित आफ्नो निजी जग्गामा सारेकी थिइन् । बजार लगाएबापत मझिनीले प्रत्येक पसलेबाट पैसा उठाउँथिन् । त्यही पैसाले मझिनी र नाति पदमबहादुरको दैनिकी चल्थ्यो ।
२०२१ सालमा भएको नापीले हाटखोलाको जग्गालाई ‘हटिया’ भनेर उल्लेख गर्यो । पुर्ख्यौली जग्गालाई नापी टोलीले ‘हटिया’ भनेर उल्लेख गरेपछि माझी परिवारमा संकटका दिनको सुरुवात भयो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ फागुन २०७७, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन