केपी ‘बा’ को नाम लिएपछि जे गर्न पनि छुट

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १४ : ४७
केपी ‘बा’ को नाम लिएपछि जे गर्न पनि छुट

file photo

काठमाडौं । नियम विपरीत गलत काम गरेपनि छुट । कानून मिचेपनि छुट । प्रतिस्पर्धा पनि गर्नु नपर्ने । तोक आदेशको भरमा अर्बौंको ठेक्का पनि दिन मिल्ने । कानूनमा त सबै बराबर हुने व्यवस्था रहेको छ । कानूनले कोही कसैलाई पनि उचनिच र हेलाहोचो गर्दैन । तर केपी ओलीको नाम लिएपछि जे गर्न पनि छुट हुन थालेको छ । 

पछिल्ला दिनमा महेश बस्नेत, गोकूल बाँस्कोटाहरुले भनेपछि ठूलाठूला ठेक्का हात पार्ने अवस्था सिर्जना भएको छ । उनीहरुले ‘बा (खड्ग ओली) लाई भनेपछि हुन्छ’ भन्दै सरकारी अधिकारीलाई थर्काएर, फकाएर वा अनेक उपाय जे गरेर भएपनि काम गराउन थालेका छन् । सामान्य मूल्यमा हुने कामलाई पनि बढीमा ठेक्का हाल्न लगाउने, अरु कम्पनीले ठेक्का हालेको भए, उनीहरुलाई जे जे गर्नुपर्छ, सोही गरेर नै भएपनि प्रतिस्पर्धामा भाग लिन नदिने काममा समेत सो समूह लागेको छ । 

महेश बस्नेतले ओलीलाई बा भन्ने गरेका छन् भने गोकूल बाँस्कोटाले पनि ओलीलाई बाकै साइनो लगाउने गरेका छन् । ओलीलाई बा भन्नेहरु नै सिध्याएको भएपनि उनी यो कुरा स्वीकार गर्न सक्दैनन् । ओलीलाई बा भन्दै बस्नेतको योजनामा नै सर्वोच्च अदालतको भवन निर्माणमा ठूलो खेलोफड्को गरिएको छ । सो खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीका व्यवस्था विपरित सेटिङ गरिएको भन्दै यसको व्यापाक विरोध भएको छ । तर, बस्नेतहरुले जसरी भएपनि आफ्ना मान्छेलाई मिलाउने भन्दै सेटिङ गरेको चर्चा सिंहदरबारतिर हुने गरेको छ । 

सो भवन निर्माणका लागि ५ अर्ब २२ करोड रुपैयाँको लागत अनुमान गरिएको छ । ५ अर्बभन्दा माथिको ठेक्कामा ग्लोबल टेन्डरमा जानुपर्ने भएपनि त्यसो गरिएन । तर, विदेशी कम्पनीसँग ज्वाइन्ट भेञ्चर अनिवार्य हुनुपर्ने व्यवस्था गरिएपछि यसले प्रतिस्पर्धालाई ज्यादै सीमित बनाएको आलोचकहरुको भनाइ छ । ग्लोबल टेन्डरकै मापदण्ड अनुसार यो खरिदका लागि ४५ दिनको समय दिनुपथ्र्यो । तर, यसमा ३० दिनको मात्रै समय दिइएको छ । 

सो ठेक्का प्रक्रिया मूल्यांकनको चरणमा रहेको बताइएपनि महेश बस्नेतले आफूले ठेक्का पाइसकेको बताउँदै हिँडेका छन् । अघिल्लो बुधबार कार्की व्याकेटमा आयोजना गरिएको युवा संघको भेलाम ाएक कार्यकर्ताले उनलाई सोधेका थिए ‘दाई त्यो अदालतको भवनको ठेक्का के भएको छ ?’ बस्नेतले जवाफ दिए, ‘त्यो हाम्रै मान्छेले पाउँछ । चिन्ता नगरुम् ।’ 

बस्नेतले भनेजस्तै ठेक्कामा विना पुरी कालिका समानान्तर जेभीसहित चारवटा कम्पनीले सहभागिता जनाएका छन् । अन्य बोलपत्रकर्तामा भ्याली कन्स्ट्रक्सन, हनुमान कन्स्ट्रक्सन र ओसिस इन्जिनियरिङ एण्ड बिल्डर्स रहेको बताइएको छ । तर, बाँकी ३ वटै बोलपत्रकर्ताहरु साइलेन्ट बिडरमात्रै भएको बताइन्छ । 

सार्वजनिक खरिद ऐनले बोलपत्रमा कम्तीमा पनि ३ वटा भेन्डरको प्रतिस्पर्धा हुनैपर्ने व्यवस्था गरकाले मात्रै उनीहरुलाई सहभागी हुन दिइएको हो । त्यसैका लागि ३ वटा कम्पनीलाई मोहरा बनाइएको बताइन्छ । महेश बस्नेतले भने जस्तै ठेक्का पाउने भनेको चाहिँ समानान्तर जेभीले नै हो । सोही अनुसार सेटिङ मिलाइएको छ । 

समानान्तर जेभीका सञ्चालक अच्युत खरेल हुन् । उनको ओली समूहनिकट युवा संघका अध्यक्ष महेश बस्नेतसँग व्यापारिक सम्बन्ध छ । बस्नेत ओलीका विश्वासपात्र भएकोले बस्नेतमार्फत् नै खरेलले आफ्ना कुराहरु प्रधानमन्त्री ओलीसम्म पु¥याएको एक ठेकेदारले जानकारी दिए । राज्य संयन्त्रलाई प्रभावमै पारेर भए पनि ठूला र आकर्षक टेन्डरका लागि अहिले समानान्तरले धमाधम ठेक्का पाउँदै आएको बताइन्छ । त्यसबारेमा खरेलसँग बुझ्न पटकपटक सम्पर्क गर्दा समेत उनले फोन उठाएनन् ।