पार्टीको विशेष महाधिवेशन हुँदैन, नियमित नै गर्छौँ: प्रकाश शरण महत

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०८२, १६ : ४५
पार्टीको विशेष महाधिवेशन हुँदैन, नियमित नै गर्छौँ: प्रकाश शरण महत

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीको नियमित महाधिवेशन नै हुने दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विशेष महाधिवेशन नहुने र १५ औँ महाधिवेशन हुने जिकिर गरेका छन् ।

‘विशेष महाधिवेशनको कुरा छैन, अधिवेशन नै हुन्छ । १५ औँ महाधिवेशन गर्दा वडादेखि माथिसम्म सदस्यता टुङ्ग्याउने लगायतका विषय सागसँगै गर्नुपर्नेछ । यिनै विषयमा केन्द्रित रहेर छलफल हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस