काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन जी पुस्ताको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बेला भएका रस्साकस्सीका बारेमा अहिले आफुलाई भेट्न आएका मानसिहरुसँग खुलेर कुरा गर्न थालेका छन् ।
नेपाली सेनाका प्रधानसेनापति र प्रधानमन्त्री सुशीला कार्की र अन्य राजनीतिक दलका नेताहरुसँग त्यसवीचमा भएका कुराकानी र नयाँ सरकार निर्माणका क्रममा भएका भित्री गतिविधिहरु उनले बताउन थालेका छन् । भदौं २३ को जनेजी पुस्ताको आन्दोलनमा सरकारका तर्फबाट भएको नरसंहार र त्यसको भोलिपल्ट प्रतिरोधका नाममा उठेको विद्रोह र ध्वंसात्मक घटनापछि निम्तेका परिस्थिती पछि नयाँ प्रधानमन्त्री चयन प्रक्रियासम्मका बारेमा आम चासो भईरहेका बेला राष्ट्रपतिले फेहरिस्त सुनाएका छन् ।
केही नागरिक अगुवा देखि विगतमा आफुसँगै सहकार्य गरेका नेता कार्यकर्तासँग पौडेलले बरु आफु शहीद हुन तयार रहेको तर संविधानको ट्याकबाट दायाँबायाँ गर्न नसकिने अडान राखेको बताएका छन् । त्यही आफनो अडान र अन्य राजनीतिक दलले पनि गरेको सहजीकणले संविधान ट्याकमा आएको पौडेलको भनाइृ छ ।
ओलीले सुशीलाको नाम सिफारिस गरिदिएपछि भने राष्ट्रपति पौडेलले सुशीला कार्कीसँग सिधासिधा कुरा गर्न थाले । आन्दोलनकारी र स्वंयम कार्कीले पनि संसद (प्रतिनिधिसभा) र पार्टीहरुका बारेमा सुन्नै चाहिरहेका थिएनन् । संसद भंग गरेर मात्र प्रधानमन्त्री नियुक्त गर्ने कुरा आईरहेको थियो । त्यो बेला राष्ट्रपतिले सिधा कार्कीसँग संविधानले प्रधानमन्त्रीलाई मात्र संसद विघटनको अधिकार दिएको र संसद गयो भने अस्तित्वविहनि भएर बाँच्नुभन्दा सडकमा गएर शहीद हुन्छु भनेपछि भने बैठकको माहोल केही सन्नटा छाएको राष्ट्रपतिले बताउने गरेका छन् ।
जेनजीका खास नेतृत्वकर्ता नदेखिएको र धेरैथरी नेता आएर यो हुनुपर्छ, यसो हुनुपर्छ भन्न थालेपछि प्रधानसेनापति अशोकराज सिग्देललाई खास जेनजीका प्रतिनिधि को हो ? कसका कुरा सुन्ने र नयाँ सरकार गठनका बारेमा निर्णयमा पुग्ने भन्नेबारेमा परामर्श गर्न आफुले नै आग्रह गरेका आधारमा प्रधानसेनापतिले जंगी अड्डामा छलफल गरेको राष्ट्रपति पौडेलको भनाई थियो । सेनापतिले जेनजीका खास प्रतिनिधि छनौटमा गृहकार्य गरिरहेका बेला आँफु चाही नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अन्य राजनीतिक दलका नेताहरुसँग सम्वाद, सहकार्य र सहजीकरणका लागि लागेको राष्ट्रपति पौडेलको भनाई थियो ।
शुरुमा राष्ट्रपति पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सम्वाद गरे । उनीहरुसँग सम्वाद गर्न उनलाई सहज थियो । कारण, त्यसवेला प्रचण्ड, माधव नेपाल र राष्ट्रपति पौडेललाई सेनाले सुरक्षा घेराभित्र राखेको स्थान करिव नजिक नजिक थियो ।
त्यसपछि प्रचण्डको फोनबाटै उनले कांग्रेसका नेताहरुसँग पनि सम्वाद गरे । प्रचण्डले पनि रातभर राष्ट्रपतिसँग छलफल गरेर संविधान बचाउने र ट्याकमा ल्याउने भूमिका र सहजीकरणको काम आफुले गरेको सार्वजनिक कार्यक्रममै बताईसकेका छन् । त्यसपछि पौडेलले शेरवहादुर देउवासँग पनि फोनमा कुराकानी गरे । तर देउवासँग राम्रोसँग कुराकानी हुन नपाएको पौडेलको भनाई छ ।
देउवासँग कुराकानी गरेपछि सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग पनि पौडेलले कुराकानी गरे । सभामुख घिमिरेकै टेलिफोनमार्फत सुरुमा उनले एमाले अध्यक्ष तथा त्यसबेला कामचलाउ सरकार (राजीनामा दिइसकेका, राष्ट्रपतिले स्वीकृत पनि गरेका र अर्काे सरकार नबन्दासम्म कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी तोकिएका) का प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरे । त्यसपछि उनले केपी ओलीसँग पनि प्रत्यक्ष भेट गरे ।
पौडेलले ओलीसँग संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री बनाउन नसक्ने अवस्था रहेको र प्रधानमन्त्री बनाउन आफुले धारा ६१ टेक्नुपर्ने भएकाले संसद समेत नरहेका ब्यक्तिलाई प्रधानमन्त्री कसरी बनाउने ? त्यसका लागि कामचलाउ सरकारका प्रधानमन्त्रीका रुपमा ओलीले नै जेनजीले प्रस्ताव गरेका पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीको नेतृत्वमा अन्तरिक सरकार बनाउन सिफारिस गरिदिन आग्रह गरे ।
राष्ट्रपतिलाई ओलीले त्यसरी सिफारिस गर्दा कँही न कँही संविधान बचाउन एउटा खुडकिलो हुने विश्वास थियो । उनलाई कानुनविद्हरुले पनि सोही अनुसारका सुझाव दिईरहेका थिए । पौडेलको त्यस्तो आग्रहका आधारमा ओलीले अन्तरिक सरकारको प्रधानमन्त्रीका लागि सुशीला कार्कीको नाम सिफारिस गरिदिएका थिए । ‘मेरो अडान थियो, संविधानको प्रतिरक्षा गर्नैपर्छ। आफू मर्न सकिन्छ, तर संविधान मर्न दिने कुरा हुँदैन। त्यसपछि मैले पार्टीका नेताहरूसँग विमर्श गरें। पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतका नेताहरूसँग कुरा गरें । शेरबहादुरजीसँग फोनमा सम्पर्क भयो तर राम्ररी कुरा हुन पाएन।’
राष्ट्रपति पौडेलले आफुलाई भेट्न पुगेकाहरुसँग भन्ने गरेको भनाइ उद्धृत गदैं एक जना नागरिक अगुवाले सफलखबरसँग भने, ‘त्यसपछि केपी ओलीजीसँग भेट गरें। उहाँले विषम परिस्थितिको उपयुक्त निकासको लागि सुशीला कार्कीको नाम सिफारिस दिनुभयो । त्यसपछि मैले नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्नतर्फ लागें । यसरी सबैको सहमतिलाई आधार बनाएर अघि बढ्यौं। संविधान बचाउने काम भएको छ ।’
ओलीले सुशीलाको नाम सिफारिस गरिदिएपछि भने राष्ट्रपति पौडेलले सुशीला कार्कीसँग सिधासिधा कुरा गर्न थाले । आन्दोलनकारी र स्वंयम कार्कीले पनि संसद (प्रतिनिधिसभा) र पार्टीहरुका बारेमा सुन्नै चाहिरहेका थिएनन् । संसद भंग गरेर मात्र प्रधानमन्त्री नियुक्त गर्ने कुरा आईरहेको थियो । त्यो बेला राष्ट्रपतिले सिधा कार्कीसँग संविधानले प्रधानमन्त्रीलाई मात्र संसद विघटनको अधिकार दिएको र संसद गयो भने अस्तित्वविहनि भएर बाँच्नुभन्दा सडकमा गएर शहीद हुन्छु भनेपछि भने बैठकको माहोल केही सन्नटा छाएको राष्ट्रपतिले बताउने गरेका छन् ।
राष्ट्रपतिले बरु शहीद हुने तर अस्तित्वविहिन भएर नबस्ने बताएपछि भने अन्यौलता देखियो । त्यही जटिलता देखेपछि सुशीला कार्कीले राष्ट्रपतिसँगै अव के गर्ने भनेर प्रश्न गरिन् । राष्ट्रपतिले प्रधानन्यायाधीस भईसकेको मान्छे संविधान कसरी बचाउने, कुन विधिबाट हल खोज्ने भन्ने बारेमा उपायसहितको विधि ल्याउनुस भने ।
त्यसपछि सँगै छलफलमा रहेका अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालले कान जसरी समाएपनि उही हो, यसरी समाएपनि, उसरी समाएपनि भनेपछि मात्र प्रधानमन्त्री कार्की सहमतिमा आएको बताएका छन् । कार्कीले मानेपछि मात्रै पहिले प्रधानमन्त्री नियुक्ति गर्ने, प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गर्ने र फागुन २१ मा चुनाव गर्ने गरी मिति तोकिएको राष्ट्रपतिको भनाई छ । त्यसमा सुशीला राजी भएको थिइन् ।
‘प्रतिनिधिसभा मात्रै विघटन छ, त्यसका लागि पनि निर्वाचन मिति फागुन २१ मा तोकिएको छ । बाँकी संवैधानिक ब्यवस्था यथावत छ । बडो जुक्तिले बुद्दिमतापूर्वक संविधान बचाइएको छ,’ राष्ट्रपतिले भन्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालयमै केपी ओली अल्पमतमा !
शासकीय असफलता छोप्न ओलीको खोक्रो ‘राष्ट्रवाद’ !
जेन जेडको प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी
विद्या भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न केपी ओलीले बनाए यस्तो रणनीति
एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसके : केपी ओली
पार्टीभित्रै एक्लिदै ओली !