काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले बठ्याँईपूर्वक प्रस्ताव पार्टीमा राखेका छन् । बुधबारबाट पार्टी केन्द्रीय समिति बैठकमा १५ बुँदे राजनीतिक प्रतिवेदन पेश गदैं ओलीले पार्टीभित्रको नेतृत्व हस्तान्तरण, आफ्नै राजीनामा माग गरेका नेताहरुको मतलाई विषयान्तरण गर्न महाधिवेशनको मिति प्रस्ताव गरेका छन् ।
एमाले बैठकमा सरकारको नेतृत्व गर्न चुकेको र जेन जी विद्रोहमा नरसंहार मञ्चाएको नैतिक जिम्मेवारी लिएर ओलीको राजीनामाको विषय केन्द्रविन्दुमा हुने अपेक्षा गरिएको थियो । प्रतिस्पर्धी कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीमा कार्यवाहक सभापति तोकेरै नेतृत्वमा अभिभावकिय भूमिकामा बस्ने निर्णय लिँदा एमालेमा के हुन्छ ? भन्ने चासो थियो ।
तर ओलीले यो विषयलाई विषयान्तर गर्न चलाखीपूर्ण बठ्याँई गरेका छन् । ओलीको राजीनामा, पार्टीको पूर्नगठनको मुद्दा बहस नेताहरुले केन्द्रीत गर्ने ठानेरै ओलीले बठ्याँई गरेर महाधिवेशनको मिति प्रस्ताव गरे । निर्धारित मिति भन्दा एक वर्ष अगाडी नै महाधिवेशन गर्ने गरी उनले मिति नै प्रस्ताव गरेपछि नेताहरु महाधिवेशन केन्द्रीत भएर छलफलमा सहभागी हुन थाले ।
आफुलाई अप्ठ्यारो आईलाग्यो भने उनी अर्काे कुनै विषय बहसमा हालिदिएर आनन्दमा रमाउन सक्ने खुबी भएका नेतामा पर्छन । यो पटक पनि उनले आफ्नो त्यही ‘ओलीटिक्स’ बठ्याईलाई प्रयोग गरेका छन् । झण्डै–झण्डै पार्टी सचिवालय (पदाधिकारी)मा उनको बहुमत घुम्ने र अध्यक्ष नै छोड्न नेताहरुले दवाव बढाउन सक्ने देखेपछि उनले आफ्नो राजीनामा माग गर्न सक्ने नेताहरुको ध्यान र बहस अन्यत्र मोड्न महाधिवेशनको मिति प्रस्ताव गरे ।
ओली विषयलाई विषयान्तर गर्न माहिर नेतामध्येमा पर्छन । आफुलाई अप्ठ्यारो आईलाग्यो भने उनी अर्काे कुनै विषय बहसमा हालिदिएर आनन्दमा रमाउन सक्ने खुबी भएका नेतामा पर्छन । यो पटक पनि उनले आफ्नो त्यही ‘ओलीटिक्स’ बठ्याईलाई प्रयोग गरेका छन् । झण्डै–झण्डै पार्टी सचिवालय (पदाधिकारी)मा उनको बहुमत घुम्ने र अध्यक्ष नै छोड्न नेताहरुले दवाव बढाउन सक्ने देखेपछि उनले आफ्नो राजीनामा माग गर्न सक्ने नेताहरुको ध्यान र बहस अन्यत्र मोड्न महाधिवेशनको मिति प्रस्ताव गरे ।
ओलीले मंसिर २७ देखि २९ सम्म पोखरामा पार्टीको महाधिवेशन गर्नेगरी मिति प्रस्ताव गरेका छन् । महाधिवेशनको मिति प्रस्ताव गरेपछि नेतृत्व हस्तान्तरणको मुद्दा महाधिवेशनसम्म सरेको छ । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु,’ ओलीले पार्टी महाधिवेशनको मिति प्रस्ताव गरेर त्यही महाधिवेशनले नेतृत्वका बारेमा निर्णय लिने केन्द्रीय समिति बैठकमा धारणा राखे ।
त्यसपछि त नेताहरु महाधिवेशनको मिति नै आएपछि दुई महिनामा नेतृत्वको वहस र राजीनामाको प्रसंगमा खास प्रवेश गर्न चाहिरहेका छैनन । ‘यो ओलीजीको चलाखीपूर्ण वठ्याँई हो । उहाँ विषयलाई विषयान्तर गर्न माहिर हुनुहन्छ । यो पटक पनि त्यही गर्नुभयो,’ ओलीलाई नजिकबाट नियालेका नेताहरु बताउँछन् ।
ओलीले बैठकमा अर्काे पनि बठ्याँई गरे, त्यो हो –आफनो प्रतिवेदनमा नेताहरुले बोल्नेक्रम । बैठकमा विगतको अभ्यासविपरीत केन्द्रीय सदस्यलाई वर्णानुक्रमअन्तर्गत ‘अ’बाट सुरु गरेर बोल्न दिइनुपर्नेमा ‘ज्ञ’ बाट सुरु गर्ने नयाँ रणनीति बनाए । महासचिव शंकर पोखरेलसँग अघिल्लो दिन अर्थात मंगलबार नै बसेर ओलीले यो रणनीति बनाएका थिए । त्यसभित्र पनि ओलीको बठ्याँई थियो । अन्तिम वर्णानुक्रमबाट बोल्दा नेताहरु आफु पक्षका धेरै देखिने आन्तरिक मूल्यांकन पछि ओलीले आफ्नो प्रतिवेदनमा बोल्ने नेताहरुको क्रमांकमा पनि यो चर्तुरयाई गरेका हुन् ।
जसअनुसार बुधबार ५० जना केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राखेका छन् । उनीहरुले महाधिवेशनको मिति नै प्रस्ताव गरेपछि महाधिवेशन केन्द्रीत रहेर धारणा राख्न थालेका छन् । जसमा उनीहरुले अध्यक्ष ओलीले राखेको प्रस्ताव सही भएको टिप्पणी सुरु गरेका छन् ।
यसले ओलीलाई राहात मिलेको छ । उनले विषय विषयान्तर गर्न राखेको महाधिवेशनको मिति प्रस्तावमा बहस घुम्न थालेपछि भने राहातको महसुस गर्न थालेको उनी निकट नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म बिग्रिएको भए पो सप्रिनू: केपी ओली
एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली
आफ्नो कुनै गल्ती नै नभएको ओलीको दावी : मसँग सरकार मात्र भयो, राज्य सत्ता भएन
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली
सुशीलासँग पनि राष्ट्रपतिले भनेका थिए : 'अस्तित्वविहीन भएर बाँच्नुभन्दा सडकमा गएर शहीद बन्छु'
एमाले सचिवालयमै केपी ओली अल्पमतमा !