काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।
पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको देखिएको अर्यालको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ फागुन २०७७, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ