काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका १२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका ६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।
पक्राउ पर्नेहरुले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसो करिब १ः३० बजेबाट बन्धक बनाएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ पर्नेहरुले पीडितको परिवारसँग १० लाख फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले बताए । प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गरेको प्रहरी नायव उपरिक्षक राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ फागुन २०७७, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमा क्षेत्रमा ध्यान नदिँदा कोरोना संक्रमण समुदायमा फैलियो : मुख्यमन्त्री राउत
त्रिशूलीमा बन्दै गरेको पुल भत्कियो
बालबालिकाको पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह
दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते
भूमिहिनहरुको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न मन्त्री तुम्बाहाङ्फेको निर्देशन
चुरे क्षेत्रमा पिउने पानीको समस्या