काठमाडौँ । २०७२ को भूकम्पमा क्षतिग्रस्त २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का परियोजना निर्देशकले सोसम्बन्धी चारवटा सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् । जसअनुसार धादिङमा १२ वटा र सिन्धुपाल्चोकमा १३ वटा स्वास्थ्यचौकी पुनर्निर्माण हुनेछन् ।
शुक्रबारै निर्माण कम्पनी र इकाइबीच ठेक्का सम्झौतामा समेत हस्ताक्षर भएको छ । यो पुनर्निर्माणमा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछन् । सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माणमा भारतकै शीर्ष संस्थानमध्येमा पर्छ । कािन्तपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ फागुन २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?