काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने छाँटकाँट ल्याएपछि नयाँ सरकार अब कसरी गठन हुन्छ रु अहिले राजनीतिक वृत्तमा अनेक तर्क तर्कना उठेका छन् । निर्वाचन आयोगले नेकपा विभाजनको कानुनी गाँठो नफुकाएको र कानुनी रुपमा नेकपा पनि एकै रहेको अवस्थामा सरकार गठन कुन विधि र प्रक्रियाबाट होला ? अहिले राजनीति सरगर्मी प्रतिनिधीसभा पूर्नस्थापना पछि यही विषयमा बढेको छ ।
ओलीको बर्हिगमन र नयाँ सरकार गठन अब कसरी हुन्छ त रु ओली सरकारको बर्हिगमन मुख्यतः अब तीन प्रकारले हुन सक्छ ।
पहिलो : ओलीले राजीनामा दिएर
तर यो बाटो ओलीले करिव बन्द गरिदिईसकेका छन् । ओली पक्षको स्थायी समितिको बुधबारको बैठकमा ओलीले राजीनामा नदिने बताईसकेका छन् । उनले सार्वजनिक मञ्चमा पनि केही नेताहरु अब भोलि पर्सिबाट राजीनामा देउ, राजीनामा देउ भनेर उफ्रिन्छन, खै उनीहरुले जिते रे, के जिते मैले त केही देखेकै छैन भनेर अभिब्यक्ति दिए । यो भनेको उनले राजीनामा नदिने प्रष्ट संकेत हो । हुन त ओली पक्षको स्थायी समितिमा ओलीले राजीनामा नदिने संकेत गरेपनि त्यही मत बाँझिएको छ ।
प्रदीप ज्ञवाली, सुवास नेम्वाङहरुले प्रधानमन्त्रीको प्रतिनिधीसभा विघटनको निर्णय गलत नै थियो भन्ने अभिब्यक्ति बैठकमा दिएका थिए । अदालतले यो निर्णयमा आफ्नो विपक्षमा धारणा दिईसकेपछि नैतिकताका आधारमा राजीनामा दिएर दुई वर्षसम्म संगठन निर्माणमा लागेर जानुपर्ने, सरकारबाट मार्गप्रशसस्त गरिदिनुपर्ने आवाज झिनो उठेको छ । तर ओलीका अगाडी ओली पक्षका नेताहरु बोल्नै डराउने र ओली जे बोले त्यही ओलीको पार्टीको निर्णय हुने राजा महाराजा शैलीको पार्टी भएकोले त्यहाँ ओलीलाई सही सझुाव दिन सक्ने आँटिलो नेता नै देखिएका छैनन् ।
जसकाकारण पनि यत्रो परिघटना हुदा सम्म नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रधानमन्त्रीले अझै राजीनामा नदिने भनेर कुर्सीमै टाँसिरहन चाहेका छन् । ओलीको प्रवृति सितिमिति सरकारको कुर्सीमा पुगेपछि सहज छोड्नै नचाहने र सिनो टासिएझै टाँसिरहने प्रवृतिको रहेको अहिलेको परिघटना र उनको पहिलो चोटीको सत्ता बर्हिगमनले पनि पुष्टि गरिसकेको छ ।
दोश्रो : ओली आफैले विश्वासको मत लिन संसदभित्रै प्रयास गर्ने
ओली सरकारले संविधानकै हत्या गर्ने गरी यति विघ्न असम्वैधानिक काम गरेर अदालतले झापड समेत लगाईदिईसकेपछि र नेकपाकै बहुमत पक्षले ओलीलाई विश्वास नगरेपछि ओलीले संसदमा विश्वास आफुसँग रहेको कि पुष्टि गर्नुपर्ने हुन्छ । अर्थात उनले अब अदालतको फैसला स्वागत गर्ने भन्दै मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिलाई संसद बैठक बोलाउन आह्रवान गरेर पत्र पठाउन तयार देखिएका छन् । अदालतले पनि १३ दिनभित्र बैठक बोलाउन राष्ट्रपतिका नाममा समेत परमादेश जारी गरिसकेकोले २४ फागुनमा संसद वैठक बस्नैपर्ने अवस्था छ ।
ओलीले संसदमै आफु फेस गर्न तयार रहेको हिजो उनी पक्षका स्थायी समिति सदस्यको बैठकमा बोलेका थिए । यसो भन्नुको अर्थ उनले आफै म संसदमा विश्वासको मत लिन तयार छु भनेर प्रस्तुत हुन पनि सक्छन् । संसद चलेकै दिन उनले विश्वासको मत आफै लिन सक्छु भन्न सक्छन् । त्यस्तो बेला ओलीले लिने भनेको विश्वासको मतलाई मतदानको प्रक्रियाबाट असफल बनाएर ओलीलाई बर्हिगमन गर्नुपर्ने बाटो हुन सक्छ ।
त्यसबेला कुल २७४ सदस्यीय प्रतिनिधीसभामा ओलीलाई बहुमत पुग्न नदिन १३८ सांसद उनको विपक्षमा उभ्याउनु सक्नु पर्ने हुन्छ । अहिलेको अवस्था हेर्दा ओलीले आफ्नो गुटका सांसद बाहेक नेमकिपाका प्रेम सुवाल सम्मको मात्र मत पाउन सक्छन । अन्य झण्डै दुइृ तिहाई सांसदले उनको विपक्षमा मतदान गर्ने अवस्था अहिले संसदमा देखिएको छ । विश्वासको मत लिन नसके सोझै ओली बर्हिगमनमा पर्नेछन् ।
तेश्रो : नेकपाको बहुमत पक्षले संसदीय दलबाट ओलीलाई हटाईदिने
निर्वाचन आयोगले नेकपा विभाजनलाई अझै कानुनी मान्यता नदिने हो भने नेकपाको बहुमत पक्षले ओलीलाई संसदीय दलबाट हटाउनु पर्ने हुन्छ । र त्यसरी हटाएको जानकारी सभामुख र राष्ट्रपतिलाई दिनुपर्ने हुन्छ । संविधानको धारा ७६९१० मा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने प्रावधान छ । हुन त यस अगाडी नै दाहाल नेपाल पक्षले ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरिसकेको छ । तर प्रतिनिधीसभा नरहेको अवस्थामा गरेको निर्णय भनेर यसलाई वैधता नदिन पनि सक्छ । त्यसो हुदा नयाँ प्रक्रियाबाट फेरि दलको नेता चयन प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ ।
दलको विधानमा प्रतिनिधीसभा र राष्ट्रिय सभा दुवै सदनका नेकपाका सांसदबाट दलको नेता चयन हुने ब्यवस्था छ । त्यसो गर्दा एक चौथाई सदस्यले दलको नेतामाथि विश्वास छैन् भनेर दलका उपनेतालाई अविश्वासको प्रस्तावबारे निवेदन दिन सक्छन् । उपनेताले त्यसको १५ दिनभित्र दलको बैठक बोलाउनुपर्ने नेकपा संसदीय दलको विधानमा व्यवस्था छ । त्यसपछि दलको नेताले विश्वासको मत लिनुपर्छ । बहुमत नभएमा उनी स्वतः पदमुक्त हुनेछन् । तर दलको उपनेता ओली पक्षमा छन, सुवास नेम्वाङ ।
प्रष्ट रुपमा समुहमा कित्ताबन्दी भईसकेको र आ–आफनो पक्षको मात्र लबिङमा नेताहरु उभिन थालेकोले नेम्वाङले नबोलाएपनि बहुमत पक्षले बैठक बसेर ओलीलाई दलको नेताबाट हटाई अर्को नेता चयन गरेको आधिकारिक हस्ताक्षर सहित उपस्थित हुन सक्छन । यसरी ओलीलाई दलको नेताबाट हटाएर पनि संविधानको धारा ७६ ९१० अनुसार नै अर्को नेता प्रधानमन्त्री बन्न सक्छन् । संसदको अंकगणितमा अहिले नेकपाको प्रचण्ड नेपाल समुहसँग बहुमत छ । प्रतिनिधीसभा विघटनको निर्णय अदालतले बदर गरिदिएपछि ओली पक्षका झण्डै एक दर्जन थप सांसद आफ्नो राजनीतिक भविश्य ओलीको राजनीतिक अवसानसँगै धरापमा नपार्ने भन्दै प्रचण्ड नेपाल समुहको सम्र्पकमा आउन थालिसकेका छन् ।
ओलीलाई दलको नेताबाट हटाउनका लागि १११ मत आवश्यक पर्न जान्छ । अहिलेसम्मको गणितलाई हेर्दा प्रचण्ड–माधव समूहसँग ११४ मत पक्का र थप ओली पक्षका एक दर्जन सांसद जोडिने सम्भावना अधिक बलियो बन्दै गएको छ । यसो हुदा १२० बराबरको सांसदहरु प्रचण्ड नेपाल समुहमा देखिन्छन् । यसो गर्दा ओलीको राजनीति भने धरापमा पर्ने र पार्टी नै नरहने अवस्था सम्म पनि पुग्न जान सक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ फागुन २०७७, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेशमा नयाँ सरकारका लागि दाबी पेश
बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान