काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिपावली मनाइरहेका मानिसहरूलाई शुभकामना दिएका छन् । उनले यस पर्वलाई अन्धकारमाथि प्रकाश र खराबीमाथि भलाइको विजयको सम्झना गराउने बताएका छन् ।
ट्रम्पले आफ्नो सन्देशमा भने, “आज, म प्रकाशको पर्व दिपावली मनाइरहेका प्रत्येक अमेरिकीलाई मेरो शुभकामना पठाउँछु ।”
उनले दिपावली परिवार र साथीहरू एकसाथ आउन, समुदायको उत्सव मनाउन र आशाबाट शक्ति प्राप्त गर्ने बताए ।“लाखौँ नागरिकले दियो र लालटिन बाल्दा, हामी भलाइले सधैँ खराबीमाथि विजय प्राप्त गर्ने शाश्वत सत्यमा रमाउँछौँ,” उनले थपे ।
पर्व मनाउने सबैलाई शान्ति र समृद्धिको कामना गर्दै ट्रम्पले भने, “यो उत्सवले चिरस्थायी शान्ति, समृद्धि, आशा र अमनचैन ल्याओस् ।”
हिन्दूहरूको यो पर्वले अन्धकारमाथि प्रकाशको विजयको प्रतीकको रूपमा लिइन्छ । सोमबार लाखौँ भारतीयहरूले दिपावली मनाए, जसका कारण देशैभर घर र सडकहरूमा दियोहरू बलिरहेका थिए ।
यो अवसरमा ट्रम्पले भारतीय समुदायलाई दिपावलीको शुभकामना दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानीबारे पनि उल्लेख गरे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर
चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
गाजाका सबै बन्धक सोमबार वा मंगलबार छुट्छन् : ट्रम्प
नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै, ट्रम्पले पाउने सम्भावना कति ?