काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिपावली मनाइरहेका मानिसहरूलाई शुभकामना दिएका छन् । उनले यस पर्वलाई अन्धकारमाथि प्रकाश र खराबीमाथि भलाइको विजयको सम्झना गराउने बताएका छन् ।
ट्रम्पले आफ्नो सन्देशमा भने, “आज, म प्रकाशको पर्व दिपावली मनाइरहेका प्रत्येक अमेरिकीलाई मेरो शुभकामना पठाउँछु ।”
उनले दिपावली परिवार र साथीहरू एकसाथ आउन, समुदायको उत्सव मनाउन र आशाबाट शक्ति प्राप्त गर्ने बताए ।“लाखौँ नागरिकले दियो र लालटिन बाल्दा, हामी भलाइले सधैँ खराबीमाथि विजय प्राप्त गर्ने शाश्वत सत्यमा रमाउँछौँ,” उनले थपे ।
पर्व मनाउने सबैलाई शान्ति र समृद्धिको कामना गर्दै ट्रम्पले भने, “यो उत्सवले चिरस्थायी शान्ति, समृद्धि, आशा र अमनचैन ल्याओस् ।”
हिन्दूहरूको यो पर्वले अन्धकारमाथि प्रकाशको विजयको प्रतीकको रूपमा लिइन्छ । सोमबार लाखौँ भारतीयहरूले दिपावली मनाए, जसका कारण देशैभर घर र सडकहरूमा दियोहरू बलिरहेका थिए ।
यो अवसरमा ट्रम्पले भारतीय समुदायलाई दिपावलीको शुभकामना दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानीबारे पनि उल्लेख गरे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी