हेटौंडा । बागमती प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि भोलि (मंगलबार) दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी गराएका छन् ।
संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो (साउन १८) गतेबाट लागू हुनेगरी आज स्वकीय सचिवमार्फत राजीनामा पठाएका थिए । उनको राजीनामा पत्र पाएलगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट