महोत्तरीमा प्रहरीद्वारा ६० केजी गाँजा बरामद

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १३ : १८
महोत्तरीमा प्रहरीद्वारा ६० केजी गाँजा बरामद

file Photo

महोत्तरी । महोत्तरीमा प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । एकडारा गाउँपालिका ६ स्थित झुलुङ्गे पुलबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको हो ।

मोटरसाइकल जाँच गर्ने क्रम उक्त मात्रामा लागूऔषध गाँजा प्रहरीले बरामद गरेको हो ।

हिजो बिहीवार सिमा प्रहरी चौकी कटिकटैयाबाट खटिएको प्रहरीले ज १० प ३९६६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तिब्र गतिमा आई मोटरसाइकल छाडेर फरार भएपछि मोटरसाइकल सहित उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।

फरार व्यक्तिहरुको खोजी गरिरहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस