भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०८२, १९ : ३५
भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद

काठमाडौं । भारतीय नम्बर प्लेटको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ खटौतीस्थित गोर्खाली होटल अगाडि पार्किङ गरी राखेको बीआर ०१ जीबी ८६५३ को नम्बरको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जोगिमाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएको हो ।

ट्रकको क्याबिन पछाडिको ढालामा फल्स बटन बनाएर रातो प्लास्टिकले बेरेको अवस्थामा ३० पोकामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस