काठमाडौँ । मोरङमा प्रहरीले ९ सय किलो गाँजा बरामद गरेको छ । प्रहरीले खेतको बीचमा लुकाएर राखिएको ९ क्विन्टल सय किलो भन्दा बढी गाँजा बुधबार राति बरामद गरेको हो ।
खेतको बीचमा गाजा लुकाइछिपाइ राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘सर्च अपरेसन’ चलाएको थियो । त्यस क्रममा क्रममा २९ वटा बोराभित्र ‘प्याक’ गरी परालले छोपेर राखेको अवस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डिजिटल तराजुमा तौल गर्दा गाँजा ९ सय २१ किलो ६६ ग्राम भएको छ ।
उक्त गाजा कसले ल्याएर राखेको हो भन्ने यकिन भइसकेको छैन । बरामद भएको गाजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा सय किलो गाँजा बरामद
सुनसरीमा १४८ किलो गाँजासहित एम्बुलेन्स प्रहरीको नियन्त्रणमा
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद
१७६ किलो गाँजा बरामद
भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद
सिरहाबाट दुई क्विन्टल गाँजा बरामद