मोरङमा ९ सय किलो गाजा बरामद

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०८२, ११ : २१
मोरङमा ९ सय किलो गाजा बरामद

काठमाडौँ । मोरङमा प्रहरीले ९ सय किलो गाँजा बरामद गरेको छ । प्रहरीले खेतको बीचमा लुकाएर राखिएको ९ क्विन्टल सय किलो भन्दा बढी गाँजा बुधबार राति बरामद गरेको हो ।

खेतको बीचमा गाजा लुकाइछिपाइ राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘सर्च अपरेसन’ चलाएको थियो । त्यस क्रममा क्रममा २९ वटा बोराभित्र ‘प्याक’ गरी परालले छोपेर राखेको अवस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डिजिटल तराजुमा तौल गर्दा गाँजा ९ सय २१ किलो ६६ ग्राम भएको छ ।

उक्त गाजा कसले ल्याएर राखेको हो भन्ने यकिन भइसकेको छैन । बरामद भएको गाजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस