काठमाडौं । नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले सरकारको छायाँको रुपमा आदेश पालकको काम गर्न थालेपछि नेकपाको बहुमत पक्ष आज निर्वाचन आयोग जाने तयारी गरेका छन् । त्यसका लागि प्रचण्ड नेपाल समुहले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका छन् ।
बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित अनिवार्य उपस्थितीका लागि बोलाईएको छ । आयोगको गतिविधिबारे समिक्षा गर्दै नेताहरु दिउँसो १ बजे निर्वाचन आयोग जाने तयारी भएको एक केन्द्रीय सदस्यले सफलखबरलाई बताए ।
आयोगले राजनीतिक दल ऐनको दफा ४३ र ४४ मा रहेर आधिकारिकता दाबी गर्दा समेत आयोगले अनेक तानावाना वुन्दै सत्ताको आदेश पालकको रुपमा भूमिका खेलिरहेको छ । निश्पक्ष भएर आयोगले काम गर्नुपर्नेमा त्यसो नगरी आधिकारिकता दिन आनाकानी गरिरहेको छ । आयोगले पुस ५ यता नेकपाका दुवै पक्षका भए गरेका निर्णय लाई नमान्ने, विवाद ३० दिनभित्र उजुरीका रुपमा आउनु पर्नेमा नआएको जस्ता तर्क आयोगले अहिले गर्न थालेको छ ।
प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधीसभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो । तर, दुई महिना बित्दा पनि कानुनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन् । २० माघमा दुई सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी आधिकारिकताको दाबी गर्दै प्रचण्ड नेपाल पक्ष निर्वाचन आयोग पुगेको थियो ।
आयोग स्यवंले नेकपा केन्द्रीय सदस्य ४४१ सदस्य रहेको र त्यसैलाई मात्र मान्यता दिने बताएको छ । त्यसमध्येको झण्डै ६४ प्रतिशत भन्दा बढी सदस्य प्रचण्ड नेपाल समुहमा छन् । तर पनि प्रचण्ड नेपाल पक्षलाई आयोगले आधिकारिकता दिएको छैन् ।
‘निर्वाचन आयोग संवैधानिक निकाय हो । सरकारले कमजोरी गरे पनि स्वविवेक प्रयोग गरेर त्यसलाई सन्तुलित बनाउने दायित्व ऊसँग हुन्छ, तर यहाँ त आयोगले नै निर्वाचन हुन्छ भनेर पटक–पटक दोहो¥याउने काम गरिरहेको छ । निर्वाचनका लागि टुंग्याउनुपर्ने विवादमा भने चासो नै दिएको छैन ।’ एक केन्द्रीय सदस्यले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ फागुन २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ